सहकारीको १४औँ वार्षिक साधारणसभाका अवसरमा घोषणा गरिएको उक्त सम्मान बिहिबार प्रदान गरिएको छ । सपुतलाई नगद रु २५ हजार राशिसहित सम्मान प्रदान गरिएको छ ।
बागलुङ जिल्लाको काठेखोला गाउँपालिका–३ धम्जामा जन्मिएका गायक सुपतले लोकगीतबाट बागलुङलाई चिनाएको भन्दै सम्मान गरिएको सहकारीले जनाएको छ ।
गायक सपुतका ‘बोलमाया’, ‘गलबन्दी’, ‘बदला बरीलै’, ‘दोहोरी ब्याटल’, ‘फुटेका चुरा’,लगायतका गीत लोकप्रिय छन् । उनी चलचित्रमा समेत डेब्यु गरेका छन् ।










