सिरहा, ५ माघ । प्रदेश नम्बर–२ मा आज (सोमबार) सार्वजनिक बिदा दिइएको छ । मधेस आन्दोलनका क्रममा बलिदानी दिएका सहिदहरूको सम्झनामा हरेक वर्षझैं यस वर्ष पनि माघ ५ गते (आज) प्रदेश सरकारले सार्वजनिक बिदा दिएको हो ।

मुख्यमन्त्रीको सञ्चार सचिवालयका अनुसार बलिदानी दिवसका लागि सार्वजनिक बिदा दिइएको हो । सिरहाको लहानका मधेश आन्दोलनका प्रथम सहिद रमेश महतोको सम्झनामा यो दिवस मनाउने गरिएको हो । यस वर्ष भने प्रदेश–२ का विभिन्न ठाउँमा दिवस मनाइने बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय