चिलाएछ टाउको धेरै जुम्रा पर्या हो कि राजनीति विदेशीको खुरमा पर्या हो कि खानेकुरा बाँकी छैन यो मन के के भन्छ हजामको ट्वाक्क जस्तो लाठी खान मन छ ।
जुठै खाउँ सँगै खाउँ मिलाएर खाउँ खुवाउनेका नामहरू भिडाएर खाउँ हाँडीघोप्टे हन्तकाले भोको म हुँ भन्छ आफ्नै हातले ट्वाक्क लाठी शीरमा खान मन छ ।
कसले दियो साथ मलाई कसले दियो हात ? नबुझेको कहाँ छु र ! कसले दियो घात ऋषि ‘मुनि’ शिव ‘शरण’ प्रभु छोड्न मन छ कहाँ पसेँ कस्तो फसेँ लाठी खान मन छ ।
कलेँटीमा माँड छैन पलेँटीमा नारा जन्ता ठग्ने नेताजीका कोखाभित्र दाह्रा… यस्तै सुन्छु अत्तालिन्छु आरनमा घन छ घनले ठोकुँ सारै दुख्छ लाठी खान मन छ ।










