गायक सुदिप भण्डारीले नयाँ गीत गरेका छन्। उनले 'सोची हेरन' बाेलकाे नयाँ गीत सार्वजनिक गरेका हुन्। प्रेम ,त्याग र मिलनको कथा समेटिएको गीतकाे भिडियाेमा विकाश लामिछाने र सिर्जना जिसीले अभिनय गरेका छन्।

गीतकाे शब्द गीतकार डि.पी खनालले लेखेका हुन्।  शंकर थापा 'स्माइल'ले संगीतवद्द गरेको गीतलाई  संदेश रुचालले संगीत संयोजन गरेका छन्र।  अनिल कुमार मानन्धरको छाँयंकन गरेकाे भिडियोलाई  दिन्शन शाहले  सम्पादन गरेका छन् ।  भिडियोलाई  सुरेन्द्र मल्ल ठकुरीले निर्देशन गरेका हुन् ।  डश म्युजिक नेपालको आधिकारिक च्यानल मार्फत भिडियो सार्वजनिक गरिएको छ ।