नेपाली भाषा एवम् साहित्यको श्रीवृद्धिका लागि अतुलनीय योगदान पुर्याएवापत यस वर्षको ‘युवा वर्ष मोति पुरस्कार’ युवा साहित्यकारद्वय प्रकाश पौडेल र हेम अधिकारीलाई अर्पण गरिने भएको छ ।

राष्ट्रिय युवा सेवा कोषद्वारा राष्ट्रिय विभूति मोतिराम भट्टका सम्झनामा स्थापित सो पुरस्कारको राशि रु ५० हजार र स्वर्णपदक रहेको छ । कोषका सदस्यसचिव शङ्करप्रसाद पाण्डेले पुरस्कार यही भदौ २२ गते वितरण गरिने जानकारी दिनुभयो ।

गत वर्ष कोभिड–१९ का कारण रोकिएको उक्त पुरस्कार सोही दिन वितरण गरिने उहाँले बताउनुभयो । गत वर्ष साहित्यकारद्वय महेश पौड्याल र मीनकुमार श्रेष्ठलाई अर्पण गर्ने निर्णय गरिएको थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर