लिउड अभिनेता अक्षय कुमारको प्रतिक्षारत फिल्म ‘पृथ्वीराज’लाई लिएर भारतमा बिरोध भइरहेको छ। भारतको राजस्थानमा फिल्मलाई लिएर विरोध हुन थालको हो। फिल्मको नामको विषयलाई लिएर ‘श्री राजपूत करणी सेना’ नामक संगठनले अक्षय र उनको फिल्मको विरोध सुरु गरेको हो।

‘यसराज फिल्म्स’ले निर्माण गरेको फिल्मको नामको विषयमा आफ्नो संगठनको आपत्ती भएको ‘श्री राजपूत करणी सेना’का राष्ट्रिय अध्यक्ष महिपाल सिंह कमरानाले भारतीय सञ्चारमाध्यमलाई बताएका छन्। उनकाअनुसार देशको अन्तिम हिन्दू सम्राट र आफूहरुको पुर्खाको नाम सम्मानपूर्वक नलेखेकाले फिल्मको विरोध गरिएको हो। कमरानाले ‘पृथ्वीराज’ मात्रै नाम लेखेर उनले दिएको योगदान र गौरवको सम्मान नहुने बताएका छन्।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

‘फिल्मको नाम केवल ‘पृथ्वीराज’ मात्रै राख्दा कुनै पनि हालतमा हामीलाई स्वीकार्य छैन्,’ उनले भनेका छन्, ‘उनको नाम फिल्ममा राख्दा ‘सम्मानपूर्वक’ लिनु पर्छ। त्यसो नगरेमा हामी देशैभर फिल्मको विरोध गर्न सुरु गर्नेछौं।’

यशराज फिल्म्सको निर्माणमा अक्षयले अभिनय गरेको फिल्म ‘पृथ्वीराज’ आगामी वर्षको जनवरी २१ मा प्रदर्शन हुँदै छ। यो फिल्म भारतका अन्तिम हिन्दू सम्राट पृथ्वीराज चौहानको जीवनमा आधारित रहेर बनेको छ, जसमा अध्यक्ष पृथ्वीराज चौहानको भूमिकामा दखिएका छन्। फिल्ममा सञ्जय दत्त, आशुतोष राणा, साक्षी तवरलगायतका कलाकार मुख्य भूमिका छन् भने यो फिल्मलाई डा. चन्द्र प्रकाश द्विवेदीले निर्देशन गरेका हुन्।