चर्चित लोकगायक बद्री पंगेनी जुवाको खालबाट पक्राउ परेको भनेर एकाएक अनलाइनहरुमा छ्याप्छ्याप्ति समचारहरु आए । एकैछिनमा फेसबुकहरुमा उक्त समचार भाइरल नै बन्यो । जसका कारण पंगेनी फेरी एकपटक चर्चामा आए । उक्त समचारहरुमा प्रहरीको हवला दिएर नै समचार प्रकशन तथा प्रशारण भए ।
पंगेनी चर्चित लोकगायक हुन् । उनि आफै एउटा समाजले चिनेका पात्र हुन् यस कारण उनको बिजयमा धेरैको चासो हुनु स्वभाविक हो । तर उनि पछिल्लो समयमा एमालेको चुनावी गीत गाएपछि झनै चर्चामा आए ।
सै पनि एमाले, मै पनि एमाले गीत गाएपछि उनको चर्चा चुलियो । यसकारण उनलाइ अहिले त्यहि गीतसंग जोडेर समेत सामाजिक सञ्जाहरुमा खुबै आलोचना भएको छ ।
के उनि साच्चै जुवा खालाबाट पक्राउ परेका हुन् त ? यसमा सत्यता नरहेको प्रहरी श्रोतको भनाइ रहेको छ । जुवा नभएर तास खेलिरहेको स्थानमा उनि भेटिएकाहुन् । जुवाको कौडा कति बरामद भएको छ प्रहरीले बताउन सकेको छैन ।
पंगेनीले पनि आफ्नो दर्शक तथा श्रोताहरुलाइ स्पष्टिकरण दिदै भनिसकेकाछन्की–साथीभाइहरुले तास खेलिरहेको ठाँउमा प्रहरीले घेरा हालेको भनेर बोलाएकाले त्यहाँ पुगेको हुँ ।
यसले केहि शका गर्ने ठाँउहरु प्रशस्त देखिन्छन् । वास्तविकता के हो ? प्रहरीले सार्वजनिक गर्न जरुरी रहेको छ । किनकी पंगेनी एक राष्ट्रिय कलाकारहुन् ।
उनि सार्वजनिक ब्याक्ति हुन् यस कारण प्रहरीले घटनाको बिषयमा आम नागरिकलाइ जानकारी गराउदै देखिएको अन्योलताको अन्त्य हुनेछ । झुट भए झुट सावित हुने छ र सत्य भए सत्य नै सावित हुने पक्का छ ।
पंगेनीले गीतसंग जोडेर र आस्थासंग जोडेर नहेर्न पनि अपिल गरेकाछन् । यो जायज रहेको छ । तर आस्थाको आधारमा अहिले जसरी जोडिएको छ यो गलत रहेको छ । यसको अर्थ यो होइन की गायक पंगेनी सरासर सहि रहेकाछन् ।
तास खेलिरहेको ठाँउमा कुदेर चाहि किन जानु पर्यो ? त्यहाँ प्रहरीसंग चकाचर्की चाहि किन गर्नु पर्यो ? पंगेनीले आफ्ना साथीहरुलाइ पक्राउ गरेको स्थानबाट छुटाउन कोसिस गरेको प्रहरी श्रोतको भनाइ रहेको छ ।
उनलाइ कुनै पार्टीको गीत गाएकै कारण सिध्याउनु पर्छ भन्ने हुदैन र गल्ति गरेकाछन् भने बचाउन पर्छ भन्ने होइन । तर उनलाइ अहिले यहि मौकामा सक्नुपर्छ, सिध्याउनु पर्छ भन्ने भावानाले ओतप्रोत भएर सामाजिक सञ्जालमा आलोचना भइरहेको छ ।










