'बाहुबली' फिल्मबाट भारतभर मात्र होइन, संसारका अरू पनि थुप्रै देशका दर्शकमाझ दक्षिण भारतीय अभिनेता प्रभास चिनिन सफल भए। बाहुबलीका दुई भागले उनको चर्चा र करिअरको शिखर एकैपटक चुलियो। बाहुबलीको काम चलुन्जेल उनी कुनै फिल्ममा देखा परेनन्। बाहुबलीका दुवै भाग आइसेकपछि भने उनी श्रद्धा कपूरसँग 'साहो' देखिए। साहोले राम्रै कमाइ गरे पनि सुपरहिट भने हुन सकेन। यो वर्ष प्रभासको नयाँ फिल्म 'राधेश्याम' आउने तयारीमा थियो। तर कोरोना महामारीका कारण यो फिल्म भनेको समयमा रिलिज हुन सकेन। भारतीय सञ्चारमाध्यमहरूका अनुसार यो वर्ष प्रभासको आउँदो फिल्म यो मात्र होइन। उनका थप केही फिल्म सन् २०२२ र सन् २०२३ सम्ममा आउँदै छन्। प्रभासले सबभन्दा पहिले चर्चा पाएको भने फिल्म 'डार्लिङ' बाट हो। सन् २०१० मा रिलिज भएको डार्लिङमा दुई बालसखाको कथा छ। पारिवारिक फिल्म भएकाले यो धेरै दर्शकमाझ पुग्न सफल भयो। यसपछि उनले थुप्रै एक्सन फिल्म पनि खेले। पछिल्लो साहोमा पनि भरपूर एक्सनमै छन्। तर राधेश्याममा उनी फेरि प्रेमी भएर फर्केका छन्। यसपछि प्रभासको अर्को फिल्म आउँदैछ- आदिपुरुष। यो रामायणको कथामा आधारित छ। आदिपुरुषपछि उनी 'सलार' मा फेरि एक्सन हिरो भएर फर्किँदै छन्। यति मात्र होइन, उनी 'प्रोजेक्ट के' र 'स्पिरिट' मा पनि देखिँदै छन्। उनका यी फिल्म अलग विधाका हुन्।
अभिनेता प्रभासका अब कुन-कुन फिल्म आउँदै छन्?
सवालनेपालसंवाददातासोमबार, २६ पुस २०७८

अभिनेता प्रभासका अब कुन-कुन फिल्म आउँदै छन्?
यो समाचार शेयर गर्नुहोस्:
सम्बन्धित विषयहरू:##कला/साहित्य

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९



