क्विन अफ मेलोडी भनिने लता मंगेशकर कोरोनाद्वारा संक्रमित भएका छन् । उनलाई हाल मुम्बईको ब्रिच केन्डी अस्पतालमा भर्ना गरिएको छ । लता मंगेशकर ९२ वर्ष पुगिसकेकी छिन्, उनलाई उमेरको हिसाबले पनि अस्पतालले भर्ना लिएको भारतीय सञ्चार माध्यमले बताएको छ । हाल उनको आइसीयूमा राखेर उपचार भइरहेको जानकारी दिएको छ । उनकी नजिककी आफन्त रच्नाले उनलाई कोरोनाको साधारण लक्षण देखिएको जानकारी दिएकी छिन् ।

प्रतिक्रिया

सम्बन्धित खवर