काठमाडौ । सबैमाँझ लोकप्रिय बन्दै गइरहेको छ टिकटक। नेपालमा धेरै टिकटक प्रयोगकर्ताहरु छन्। यसबाट नै लाखौ, करोडौ कमाउने नेपालीहरु पनि छ। बच्चा, बूढा र युवाहरु अहिले टिकटकमा रमाइरहेका हुन्छन्। टिकटकमा भिडियो हाल्ने, आफूले जानेको कला देखाउने पनि गर्छन्। तर अहिले टिकटकमा बिकृतिहरु पनि देखिएका छन्।

यसैबीच यतिबेला टिकटकबाट पैसा कमाउने होडबाजी पनि चलेको छ। के टिकटकबाट कमाई हुन्छ त ? धेरै माँझ यही जिज्ञासा पनि छ । राजधानी काठमाडौ सतुँगलकी मन्दिरा ढुंगाना लाइभमा बस्छिन्। उनले टिकटकबाट राम्रो कमाई गर्ने गरेको दाबी पनि गरेकी छिन्।मन्दिराले पैसा कमाएर काठमाडौंमा गतिलो घडेरी किनेको पनि बताएइन्। दुखीहरुलाई सहयोग गर्न थालेकी छिन्।

केही समयअघि उनले एक बिरामी बच्चालाई रु ५० हजार दिएकी थिइन्। धुर्मुस सुन्तली फाउण्डेशनलाई पनि सहयोग दिने बाचा गरेकी छिन्।टिकटकबाटै कमाएर आफूले काठमाडौंमा जग्गा किनेको बताउँदै मन्दिराले टिकटकबाट कमाई हुँदैन भन्ने कुरा झुट रहेको बताईन्। उनले कमाई हुने ग्यारेण्टी गर्दै आफ्नो कमाईको सूची नै मोबाइलबाट देखाएकी थिइन्। हजार डलरभन्दा माथी नै आइरहेको देखिन्छ।

त्यो भनेको एक लाख भन्दा माथी हो।मन्दिराले अहिले सम्म १ करोड ८० लाख कमाएको बताएकी छन् । टिकटक बाट कमाएको पैसाले घडेरी किनेकी मन्दिराले घर बनाउने तयारी गरेको सुनाईन । उनि भन्छिन् कुनै बेला दिनमा ५ ६ लाख सम्म कमाएको छु जम्मा मईले १ करोड ८० लाख कमाईसके ।टिकटकबाट यति कमाए, उति कमाए भन्दै बिभिन्न लाईभ होस्टरहरु मिडियामा आइरहन्छन्।

मन्दिर काभ्रेपलान्चोकमा जन्मिएकी हुन्। उनका बाबु इन्द्रप्रसाद ढुंगाना र आमा पूर्णमाया ढुंगाना अहिलेपनि काभ्रेमा नै छन्। तर उनी काठमाडौमा बस्छिन्।छोरीको कमाईले बाबु आमा आफन्त सबै चकित बनेका छन्। उनी २२ बर्षकी भएकी छिन्। उनले कक्षा १२ मात्र पास गरेकी छिन्। यो भन्दा माथी पढ्न नपाएको उनको भनाई छ। मन्दिराको टिकटकमा १ मिलियन फलोअर्स र ४१.९ मिलियन लाईक पुगेको छ ।

@b_mamba_official

#akamamba #nepalihiphop #hrsnorthside #hiphopnepal #nephopkoshreepech #nepalirapsong #nepalitiktok #fyp #foryoupage @akamamba555

♬ original sound – YAMA BUDDHA DREAMS❤️ – mr_promise

यो पनि :

फेसबुकबाट चिनजानपछि बसेको माया प्रेमले जीवनमा कहिल्यै नभुल्ने चोट देला भनेर शुक्लाफाँटा नगरपालिका–४ की ताराले कहिल्यै पनि सोच्नुभएको थिएन । सामाजिक सञ्जाल फेसबुकबाट चिनजान र त्यसपछिको माया प्रेमले गहिरो घाउ देला भनेर कल्पनासमेत उहाँले गर्नुभएको थिएन ।

डडेल्धुराको परशुराम नगरपालिका ग्वानीका रमेशले वैदेशिक रोजगारीका सिलसिलामा विदेशमा छँदा फेसबुकमा निकै मायापिरतीका कुरा गरी भविष्यका मिठा सपना देखाई तारालाई आफ्नो बनाउने कसम खाएका थिए । मायापिरती बसेको एक वर्ष नबित्दै रमेश वैदेशिक रोजगारीबाट घर फर्किए । तारालाई आफ्नो बनाउन गरेको बाचा पूरा गर्न तारालाई भगाएर लगे ।“गत वर्षको फागुन ११ गतेको कुरा हो”, ताराले भन्नुभयो, “घरमै आएर रमेशले घरका अभिभावकसँग माग्नका लागि आमाबुवालाई पठाउँछु भनेर एक रात हाम्रै घरमा बसे ।

भोलिपल्ट मलाई पठाउन नजिकको झलारी बजारसम्म पुर्याउनुपर्छ भनेर कर गर्न थाले । नाइनास्ती गर्न सकिनँ । झलारी बजारसम्म गएँ ।”“तिम्रो घरमा बिहे ल्याउन सक्दिनँ । तिम्रो परिवार गरिब रहेछ । मेरा साथीभाइ बिहेमा आउन मान्दैनन् । तिमी जान्छ्यौ भने यहीँबाट हिँड भागी विवाह गरौँ”, रमेशको भनाइ उल्लेख गर्दै ताराले भन्नुभयो, “वैदेशिक रोजगारीबाट आएको केटा, व्यवस्था राम्रै होला ।

राम्रैसँग पाल्छ भन्ने सपना मनमा बुन्दै पछि लाग्ने निधो गरेँ, एक रात कैलालीको अत्तरियास्थित होटलमा बास बस्यौँ ।”त्यसपछि उहाँ डडेल्धुराको परशुराम नगरपालिकास्थित ग्वानीमा रहेको घरमा जानुभयो । एक/दुई महिना राम्रैसँग बित्यो । रमेशले पनि निकै राम्रो व्यवहार गरे । “जब म गर्भवती भएँ, मेरो मञ्जुरीबिना ज’बर्ज’स्ती ग’र्भप’त’नको औ’ष’धि खु’वाई गर्भपतन गराइयो ।” असुरक्षित तरिकाले ग’र्भप’तन गराउँदा रक्तस्राव हुन थाल्यो ।

ताराको र’क्तस्रा’व हुने क्रम नरोकिएपछि कैलालीको धनगढीस्थित अस्पतालमा उपचारका लागि भर्ना गरियो । उपचारपछि तारा निको हुनुभयो । दुवैजना माइती घरमा जानुभयो ।झलारी बजारबाट फलफूल लिएर आउँछु भनी गएका रमेश माइतीमै छाडेर फर्केनन् । उहाँले गहँभरि आँशु खसाल्दै भन्नुभयो, “माइतीमै छाडेर भाग्नुभयो । कता गएको खबर नै गर्नुभएन । यतिका दिन बिते भनेर तीन दिनपछि फोनमै सोधेँ, प्रत्युत्तरमा रमेशले ‘तारा भन्ने तिमी को हौ म चिन्दिनँ, तेरो मेरो कुनै सम्बन्ध छैन । मेरो घरमा आए पछि तेरो लाश हुन्छ’ भनेर ध’म्की दिन थाले ।”

उहाँले त्यसपछिका कुरा खोतल्दै भन्नुभयो, “सामाजिक सञ्जाल फेसबुकमा भएको चिनजानपछिको मायापिरतीका कुरा सम्झेर रुन थालेँ । केही सहारा थिएन । भगाएर लैजानेको घरमा जानका लागि हिम्मत भएन । मार्ने धम्की दिँदै आएकाले निकै मानसिक हिंसा सहनुपर्यो ।” ताराले शुक्लाफाँटा नगरपालिकामा आयोजित लैङ्गिक हिंसाविरुद्धको १६ दिने अभियानका क्रममा आयोजित अन्तक्र्रिया कार्यक्रममा यी कुरा बताउनुभएको हो । रमेशले छाडेर गएकामा तारालाई अहिले पनि विश्वास छैन ।

उहाँ भन्नुहुन्छ, “कसैको उक्साहटमा रमेशले यस्तो गरेको हो । भेट गराइदिनुपर्यो । सम्झाएपछि अपनाउने अझै विश्वास छ । म ऊ बिना बाँच्न सक्दिनँ ।” घर न घाटकी हुनुभएकी तारा न्याय माग्दै झलारीस्थित सामुदायिक सेवा केन्द्रको शरणमा पुग्नुभएको छ । सेवा केन्द्रको सेफहाउसमा बस्दै आउनुभएकी तारालाई न्याय दिलाउनका लागि महिला अधिकारकर्मीको सहयोगमा इलाका प्रहरी कार्यालय झलारीमा उजुरीसमेत दिइएको छ ।

“प्रहरीले अहिलेसम्म उजुरीको सुनवाइ गरेको छैन । प्रहरीमा उजुरी दिएको छ महिना बितेको छ”, अधिकारकर्मी बिष्नादेवी पन्तले भन्नुभयो, “भगाएर अलपत्र छाडनेविरुद्धको उजुरी दिइए पनि प्रहरीले आजभोलि भन्दै आश्वासन मात्रै दिने गरेको छ । भगाएर लैजाने केटालाई यहाँ ल्याउन मानेकै छैन ।” सेवा केन्द्रका पदाधिकारी महिलासहित नगरपालिकाका उपप्रमुखको नेतृत्वमा गएको टोलीले परशुराम नगरपालिकास्थित प्रहरीमा समेत उजुरी गरेपछि रमेश त्यहाँसमेत फेला नपरेको उहाँले बताउनुभयो ।

प्रहरीमा उजुरी दिँदासमेत सुनुवाइ हुन नसकेपछि महिला अधिकारकर्मी तारालाई न्याय दिलाउनका लागि जुटेका छन् । इलाका प्रहरी कार्यालय झलारीका प्रहरी निरीक्षकले दुवै पक्षलाई राखेर समस्याको समाधान गरिने बताउनुहुन्छ । अन्तक्र्रिया कार्यक्रममा सहभागी अधिवक्ता उद्धवराज भट्ट महिलामाथि हुने ज्यादतिका अधिकांश घटना विद्यमान कानूनको कार्यान्वयन नगरिँदा बढ्दो क्रममा रहेको बताउनुहुन्छ ।

कानूनको पूर्णरूपमा पालना गराउनका लागि स्थानीय सरकारले परिणाममुखी काम गर्नुपर्ने उहाँको भनाइ छ ।“पुरुषको तुलनामा महिला अ’धिक हिं’सामा पर्ने गरेका छन् । यसको मुख्य कारकका रुपमा जाँ’डर’क्सीको अनियन्त्रितरूपमा बिक्री वितरण नै हो”, अधिवक्ता भट्टले भन्नुभयो, “केही नपाइने ठाउँमा म’दि’रा पाइन्छ । यसको नियन्त्रण जरुरी छ ।”

एकअर्काको भावना नबुझिकनै गरिने प्रेमविवाहसमेत असफल हुँदै गएको चर्चा गर्दै उहाँले यसरी गरिएका प्रेमविवाह एकअर्काप्रतिको अविश्वासका कारण बीचमै टुट्ने गरेकाले यसमा पनि महिला नै पीडित बन्ने गरेको बताउनुभयो । उहाँका अनुसार देखासिखीमै गरिने प्रेमविवाहमा अधिकांश शिक्षित युवायुवती नै रहने गरेका छन् ।

 

 

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah