एजेन्सी । अक्षय कुमार छिट्टै फिल्म ‘बच्चन पाण्डे’ मा देखिदैछन् । फिल्म १८ मार्च २०२२ मा सिनेमाघरमा रिलिज हुनेछ। अक्षय कुमारले आफ्नो फिल्मको प्रमोशनका लागि कपिल शर्माको शोमा जान अस्वीकार गरेका छन् । ‘अतरंगी रे’ को प्रमोशनका क्रममा अक्षयले लिएको प्रधानमन्त्री मोदीको अन्तर्वार्तालाई कपिलले खिल्ली उडाएका थिए । अब कपिलले यस मामिलामा आफ्नो पक्ष राखेका छन् ।

कपिलले ट्विट गर्दै लेखेका छन् ‘मेरा प्रिय साथीहरू, मैले मिडियामा धेरै समाचारहरू देखेको र पढेको छु, जुन मेरो र अक्षय पाजीको बारेमा थियो। मैले पाजीसँग कुरा गरेर सबै कुरा मिलाइसकेको छु।’कपिलले थप लेखेका छन्, ‘यो सबै मिस कम्युनिकेशन थियो। अब सबै ठीक छ।

हामी छिट्टै बच्चन पाण्डेको एपिसोड सँगै छायांकन गर्नेछौं। उहाँ मेरो जेठो दाई हुनुहुन्छ र उहाँ मसँग कहिल्यै रिसाउन सक्नुहुन्न। धन्यवाद। तर, अक्षय कुमारको तर्फबाट भने अहिलेसम्म कुनै प्रतिक्रिया आएको छैन । यसैबीच केही प्रयोगकर्ताहरूले कपिललाई देशका प्रधानमन्त्रीमाथि कमेडी गर्नु ठीक नभएको भन्दै ट्रोल गरिरहेका छन् । उनको पदको सम्मान गर्नुपर्ने राय दिएका छन् ।

अक्षय कुमारले कपिल शर्मा र उनको टोलीलाई प्रधानमन्त्री मोदीमाथि गरिएको मजाक प्रसारण नगर्न आग्रह गरेका थिए । तर प्रसारणमा गयो । अक्षय अन्तिम पटक द कपिल शर्मा शोमा आफ्नो फिल्म ‘अतरंगी रे’ को प्रमोशनका लागि देखिएका थिए । उनीसँगै सारा अली खान र फिल्म निर्देशक आनन्द एल राय पनि थिए । कपिलले सुपरस्टारको प्रधानमन्त्री नरेन्द्र मोदीसँगको अन्तर्वार्तामा ठट्टा गर्दा उनलाई यो पटक्कै मन परेन।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah