संगीतकार महेश खड्काले आफूमाथि लगाएको संगीत चोरीको आरोप निराधार भएको बताएका छन्। शुक्रबार राजधानीमा पत्रकार सम्मेलन गर्दै उनले गीत चोरेको प्रमाणित नभए कानुनी बाटो रोज्ने बताए।

उनले गीत चोरीको आरोपमा कानुनी उपचार खोज्ने धेरै बाटो छाडेर संगीतकार वसन्त सापकोटाले मिडियाबाजी गरेको आरोप लगाए। उनले सापकोटाको गीतमा पनि केही कर्ड मिल्ने त्यस्ता धेरै गीत रहेको दाबी गर्दै भने, ‘उहाँले मलाई चोरीको आरोप लगाएपछि मलाई धेरै म्यासेज आएका छन् जसमा अग्रज स्रष्टाका गीतसँग उहाँका मिलेका गीतहरूको बारेमा छन्,उहाँको गीतको तीन वटा नोट मेरै गीतसँग मिलेको छ के अब मैले उहाँलाई चोरीको आरोप लगाउने?’, उनले प्रश्न गरे।

संगीतकार सापकोटाले आफ्नो प्रतिष्ठामा आँच पुर्याएको दाबी गर्दै कानुनी उपचार खोज्ने जानकारी दिए। उनले अनुमानको आधारमा आफ्नो ३० वर्षको मेहनत र करियर सिध्याउने प्रयत्न भएको आरोप लगाए।

उनले भने,‘उहाँलाई चर्चाको आवश्यकताले यो आरोप लगाउनुभएको छ। उहाँजस्तो मान्छेलाई अहिले किन चर्चाको खाँचो पर्‍यो।यदि उहाँले मैले गीत चोरेको प्रमाणित गर्नुभएन भने मैले कानुनी उपचार खोज्नुपर्ने हुन्छ। यो विषयमा मेरो मानहानी भएको छ। म कानुनी बाटोमा जानुपर्छ मैले ३० वर्ष लगाएर कमाएको ख्यातिको अपमान भएको छ।’

उनले सापकोटाले संगीतकारको नाममा संयुक्त नाम राख्नुपर्ने मागमा कटाक्ष गर्दै भने, ‘यदि वसन्त सापकोटाले अब म गीत गाउन सक्दिनँ, मलाई नाम चाहियो भनेर भने मैले उनको नाम मेरो गीतमा राख्न तयार छु।’ गायक प्रमोद खरेल र बालगायिका रुक्साना लिम्बूले गाएको गीतको केही अंश ‘सिलसिला’ चलचित्रको ‘सागरसरी’ गीतबाट चोरेको आरोप छ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah