बर्षौंपछी आज बिहानैबाट

जीवनका कोठा चोटा बढारकुँढार गरेँ,

धुलो भेला भएछ टन्न

घाँटी अझै ख्यास ख्यास छ,

आँखा बिझाएका छन।

 

मुस्किलले हात लम्काएको थिएँ,

भूतकोठाको अग्लो तासिमा

जुनकोठा यसअघि कहिल्यै खोल्दिनथेँ,

समात्दा समात्दै खसी त हाल्यो

एउटा पुरानो एल्बम

 

पल्टियो

तिमी हाँसीरहेको एक तास तस्विर

 

कति सजिलै भनिदिन्छन मान्छेहरु

अलि सफासुग्घर राख्नु घर

सफाई गरिरहनु

 

मानेको थिएँ बर्षौंपछी

तर हेर त! घाँटी अझै ख्यास ख्यास छ

आँखा अझै बिझाइरहेका छन।

 

कवि : नवीन प्राचीन

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah