दमक स्थित कदम थिएटरमा मन्चन भइरहेको नाटक गाई कि त्रिशुलको दमकमा अत्यधिक चर्चा भइरहेको छ। दिपक खरेल र मनिक शंकर द्वारा निर्देशीत उक्त नाटक फाल्गुन २ गतेदेखि शुरु भएर ८ गते सम्म दिनको ३ सो बिहान ११ बजे, दिउसो १:३० बजे र साँझ ५ बजे प्रदर्शन भइरहेको छ।

द्वन्द र बालमनोविज्ञान लाइ समेटेको नाटकमा स्थानीय सर्वोदय इंगलिस स्कुलका विद्यार्थीहरु एलेक्स नेपाली, गरिमा बस्नेत, अनिश्मा पौडेल, इशान केरुङ्ग, मन्जिल लिम्बु, सनोज तामांग, आयुष भण्डारी, निराजन बस्नेत लगायतले अभिनय गरेका छन् भने कदम थिएटरले नाटकको निम्ति संयोजन गरेको छ।

एउटा टिकटको मूल्य रु १०० राखिएको उक्त नाटकका प्राय सो हरुमा पर्याप्त दर्शकहरु आएर आफ्ना आफ्ना रिभ्यु प्रेसित गरिरहेका छन। साहित्यकार धनकुटे कान्छा लेख्छन, “विश्वमा थिएटर र थिएटर आर्टिस्ट हरुको उच्च सम्मान गरिन्छ, यो सभ्य समाजको आवश्यकता र संस्कृति पनि हो।”

आस्था कलेजका सह प्राध्यापक राजेन्द्र अधिकारि लेख्छन, “आजबाट कदम थिएटरमा मन्चन भएको नाटकले मन छोयो, वालवालिकाको मनोविज्ञान र दश बर्षे जनयुद्धलाई मूल कथा बनाएको नाटकको प्रस्तुति पनि राम्रो छ” त्यसैगरी रोट्राक्टर तथा सामाजिक व्यक्तित्व सपना लिम्बु लेख्छिन, “एउटा विशाल समाजको कथा जसले एक कालखण्ड नै त्रासमय बितायो, एउटा बालक जसले अपनत्व पाउनको लागि बदलामा केहि दिनुपर्छ, उसको कथा, हाम्रा प्यारा वालावालिकाले देखाउदै हुनुहुन्छ।”

साहित्यकार सुमन लिंगदेन लेख्छन, “उ बेलाको सम्झना ताजा छ। … विद्यालयमा थियौँ, एक्कासी बन्दुकको आवाज सुनियो। शिक्षकहरुले बाहिर निस्कन दिनुभएन। … माईखोला पारि विद्रोही र सरकार पक्षबीच युद्द भएको रहेछ। धन्न मानवीय क्षति उतिसार्हो भएन। भोलिपल्ट हामी खोका खोज्न गा थ्यौँ। केही थान चप्पल र जुत्ता यसै लडेका थिए……। ती खुट्टाहरु कहाँ होलान आज? हरेक कुराको कारण होला, त्यसले ल्याएका परिणाम होलान, संयोग नै भयो, जनयुद्द आसपासको कथा भन्दैछौँ। विद्यार्थीहरु संगको सहकार्य हो यो नाटक। एकपल्ट नाटकघरमा गएर जनयुद्दलाई स्पर्श गर्ने हो कि ?

प्रतिक्रिया

सम्बन्धित खवर