तनहुँ जिल्ला कारागारमा २ वर्ष ६ महिनाको जेल सजाय काटिरहेका शाह उच्च अदालतले सफाइ दिएपछि सोमबार बिहान साढे ११ बजे तनहुँ कारागारबाट रिहा भएका छन् ।

कारागार बाहिर उभिएका फ्यानलाई हेरेर उनी प्रफुल्ल देखिन्थे भने उनलाई बहिनी रोशनीले गाडीसम्म आइपुग्न साथ दिएकी थिइन् । पलनिकट स्रोतका अनुसार उनि आज पोखरा गएर एकदिन आराम गरि भोलि मात्र काठमाडौं जानेछन ।

अभिनेता पल शाहले कष्टकर समयमा पनि आफूलाई साथ दिने सबैलाई धन्यवाद दिएका छन् । कारागारबाट रिहा हुँदै गर्दा सञ्चारकर्मीलाई प्रतिक्रिया दिंदै उनले भने, ‘अहिलेलाई यति मात्र भन्न चाहन्छु सबैलाई धन्यवाद ।’

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय