भारतको नक्सलबाढीमा नेपाली नम्बरको टाटासुमो दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ भने अन्य ५ जना घाइते भएका छन् ।

आज विहान काँकरभिट्टादेखि भारतको एनजेपी (गुवहाटी) जानेक्रममा नेपाल नम्बरको टाटासुमो गाडी नक्सलबाढी छेउ क्वाटरमा दुर्घटना हुँदा नेपालको गुल्मी घर भइ हाल आसाममा भारतीय सेनामा कार्यरत गंगाराम सारूमगरको घटनास्थलमै मृत्यु भएको प्रहरीले जनाएको छ ।

मृतक मगर २८ बर्षको भएको बताइएको छ । नेपाल प्रहरीका अनुसार अन्य दुइ जना नेपाली सहित ५ जना घाइते भएको प्रहरीले इलाका प्रहरी कार्यालय काँकरभिट्टाका डीएसपी दिपक भारतीले जानकारी दिए ।

उनका अनुसार विहीबार विहान साढे ७ वजे काँकरभिट्टाबाट एनजेपी सिलुगढी हिडेको मे १ च ६६८५ नम्बरको एम्वेसी परमिट सोतो रंगको सुमो गाडी नक्सलबाढी छेउ पुग्दा पिछाडीको चक्का फुस्किएर ट्याक्टरमा गएर ठोकिदा दुर्घटना भएको थियो ।

घाइतेहरुलाई उपचारका लागि सिलीगुडी पठाइएको बताइएको छ ।

प्रतिक्रिया

सम्बन्धित खवर