इलामको इलाम नगरपालिका वडा नम्बर-११ निन्दाकुमा रुखको हाँगाले लागेर एक जनाको मृत्यु भएको छ ।

शनिबार नीजि वनमा गोलीयाको लागि रुख काट्दै गर्दा हाँगाले लागेर स्थानीय ७२ वर्षीय नेत्र प्रसाद श्रेष्ठको मृत्यु भएको हो ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हाँगाले लागेर गम्भीर घाइते भएका उनलाई उपचारका लागि जिल्ला अस्पलात इलाम पुर्याउनसाथ चिकित्सकले मृत घोषणा गरेका थिए ।

जिल्ला प्रहरी कार्यालय इलामले घटना सम्बन्धमा थप अनुसन्धान गरिहरेको बताएको छ ।