दमक — झापाको कमल गाउँपालिका वडा नम्बर ४ चुलाचुली मोडस्थित पूर्वपश्चिम राजमार्गमा भएको सवारी दुर्घटनामा २१ जना यात्रु घाइते भएका छन् । आज बिहान सवा ७ बजेको समयमा झिलझिलेबाट दमकतर्फ जाँदै गरेको बा ३ ख २१६६ नम्बरको ट्रिपर र बिपरित दिशा तर्फबाट आउँदै गरेको धरानबाट काकडभिट्टका लागि हिडेको को १ ख ५०८७ नम्बरको चन्द्रमा यातायात नामक यात्रुबाहक बस एक आपसमा ठक्कर खाई दुर्घटना भएको हो । दुर्घटनामा बसमा सवार २१ जना यात्रुहरु घाईते भएका छन् । उनीहरुलाई उपचारको लागि विभिन्न अस्पतालमा भर्ना गरिएको छ । घाइते हुनेहरुमा झापा कमल गाँउपालिका ४ बस्ने बर्ष ३८ की बिनु लिम्बू, झापा दमक नगरपालिका ५ बस्ने बर्ष ४२ का कलिन्द्र शेर्मा, मोरङ मधुमल्लाकी कल्पना कटुवाल, उनकै छोरा नामथर नखुलेको अन्दाजी ४–५ बर्षका बालक, मोरङ पथरी शनिश्चरे नगरपालिका १ बस्ने बर्ष ४० की पूर्णमाया पोखरेल, झापा दमक ८ बस्ने बर्ष ५१ का होमबहादुर भट्टराई, सुनसरी ईटहरी उपमहानगरपालिका ५ बस्ने बर्ष ३८ की शारदा खड्का, झापा दमक ५ बस्ने बर्ष ४५ का अच्युत निरौला, कमल गाउँपालिका ५ बस्ने बर्ष ३८ की लिला चौहान, दमक नगरपालिका १ बस्ने बर्ष ३५ का राजु कडरिया, झापा गौरादह नगरपालिका ४ बस्ने बर्ष ३० का दुर्गाबहादुर श्रेष्ठ, मोरङ उर्लाबारी नगरपालिका ७ बस्ने बर्ष ५० का कृष्णकुमार तामाङ, दमक नगरपालिका ८ बस्ने बर्ष ६५ का भरत ढकाल, दमक नगरपालिका १ बस्ने बर्ष ४६ की बबिता राई, दमक नगरपालिका ४ बस्ने बर्ष ३० की भारती मगर, कमल गाँउपालिका ५ बस्ने बर्ष ४० का लक्ष्मी सुब्बा, बिर्तामोड नगरपालिका ४ बस्ने बर्ष २१ का कर्णबहादुर राजबंशी, भोजपुर ट्याम्केमैयुम गाउँपालिका ४ बस्ने बर्ष ४५ की चरित्र राई, मोरङ पथरीशनिश्चरे नगरपालिका १ बस्ने बर्ष ६५ का टंकप्रसाद चुडाल, उनकै छोरी बर्ष १५ की क्याटरिना चुडाल रहेका छन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय