काठमाडौं, असोज १ । राजु गिरी प्रोडक्सनबाट निर्माण हुन लागेको ‘म्याड लभ’को सम्पूर्ण छायांकन विदेशमा हुने भएको छ ।

पहिलो पटक नेपाली संस्कृति समेटेर विदेशमा छायांकन हुन लागेको यो चलचित्रको प्रस्तुतकर्ता कृष्ण खरेल रहेको छन् भने निर्माता मार्क वेलिगेसन रहेका छन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कृष्ण खरेलको स्क्रिप्ट र राजु गिरीको निर्देशनमा बन्न लागेको उक्त चलचित्रको कलाकार छनोटको क्रममा रहेको चलचित्रका निर्देशक राजु गिरीले अनलाइन पत्रिकासँग बताउनु भयो ।

क्यामेरापर्सन च्याङ टोय चाउले छायांकन गर्ने सो चलचित्रमा संगित चाइना बस्ने पियोल चाङको रहने छ ।

सो चलचित्रको छायांकन असोज २५ बाट शुरु हुने पनि निर्देशक राजु गिरीले बताउनु भयो ।