बिष्णुप्रसाद पोखरेल दमक/झापाको बिर्तामोड निवासी कविता बिमली शिवाकोटी नेपाली साँगेतीक आकाशमा राम्ररी चिनिन शुरु गरेकी गायिका हुन् । ६ बर्ष अघिदेखि गीत संगीतको क्षेत्रमा प्रवेस गरेकी उनले छोटो समयमा नै आफ्नो नाम स्थापित गराउदै गएकीछन् ।
स्वदेशमामात्र नभएर बिदेशमा समेत आफ्नो सांगेतिक प्रस्तुती दिन थालेकी उनले आउदो बैशाखमा एकैसाथ दूइवटा एल्मब बिमोचनको तयारी गर्दैछिन् । कविता आफ्नो शोलो एल्बम र जाली रुमाल कलेक्सन एल्बम हो ।
रुप र स्वर दुबैकी धनी उनि नेपालीमात्र नभएर हिन्दि गीत पनि गाउछिन् । गुनगुनाउदै जाँदा आफू आफै यस क्षेत्रमा प्रवेस गरेको उनि सुनाउछिन् । अहिले सबैको साथ र सहयोग पाएको उनको भनाइ छ ।
शुरुमा रहर नै रहरले उनले गीत गाएपनि अब उनी यो क्षेत्रमा स्थापित बन्न चाहान्छिन् । गीत संगीत अब आफ्नो जिबनको एउटा अङ्ग बनिसकेको उनले बताइन् ।
शुरुवातमा धार्मिक गीत अर्थात भजन गाएकी उनले पतिदेब भनेर तीजको अवसरमा अर्को गीत तथा एल्बम समेत तयार पारेकी थिइन् ।










