दमक/सुलेमान शंकर आफै पनि एउटा चर्चित कलाकार हुन् । जिउज्यान सानो भएपनि कलाकारितामा उनको नाम ठुलै रहेको छ । उनलाइ आफ्नो न्वारन या बाबुबाजेले राखिदिएको नामबाट धेरैले चिन्दैनन् तर उनलाइ दर्शकले राखि दिएको नामले भने बिरलैले मात्र नचिन्लान ।

https://www.youtube.com/watch?v=TcJ7VBGHdA4&feature=youtu.be

उनको परिचय हो ‘इकु’ । अब उनि आफ्नो नयाँ परिचय बनाउने उदेश्य बोकेर देश दौडाहमा रहेकाछन् । राजनीतिले अमिलिएको मनलाइ खुसि बनाउन र हसाउनका लागि फिर्के बनेर हिडिरहेकाछन् । आफ्नो प्रस्तुतिमा बनाएको चलचित्र ‘फिर्के’ को प्रमोसनमा उनि दमक पनि आएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

आउदो पुस 21 मा रिलिज हुदैछ । चलचित्रमा अर्पण थापा, सुलेमान शंकर, ऋचा शर्मा, क्रिष्टिना पौडेल, बिष्णु सापकोटा, अर्जुन गुरुङ्, उज्ज्वल भण्डार लगायतका कलाकारहरुको अभिनय रहेको चलचित्र रवि डंगोलले निर्देशन गरेकाछन् ।

‘इकु’ र ‘इकु २’ बनाएका उनले यो फरक चलचित्र भएको जनाए । उनले बिल्कुल फरक पन यसमा पाउने दाबी गरे । पूर्वाञ्चलमा यस चलचित्रको बितरणको जिम्मा एफडि कम्पनीले लिएको छ ।

एफडि कम्पनीका पूर्वाञ्चल प्रमुख चैतन्य बरालले पोष्टर तथा गीत र प्रोमोका कारणले नै अहिले चलचित्र चर्चामा रहेको जनाए । उनले यो चलचित्र राम्रो बनेको अपेक्षा रहेको बताए ।

https://www.youtube.com/watch?v=TcJ7VBGHdA4&feature=youtu.be