लालटिन कबिता:-

नारी फुल

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

नारी धरती

नारी जुन

धेरै पहिले देखि सुनिएका

यी नारीका उपमाहरु तर,

आज मात्र बुझ्दैछु यिनको अर्थ

पिडा दमन सहि दिदा "धरती" रे

दया,माया, ममता सबै पोखिदिदा "जुन "रे

अनि आफू खुशी टिप्न लुछ्न पाउँदा

टिप्ने लुछ्नेहरुले दिएको नाम "फुल "रे

हामी नारीहरु,

यिनै उपमामा रमाइरह्यौ भने

अझ गरिरहनेछन शोषण

गरिरहनेछन हाम्रो क्षमताको दुरुपयोग

अनि,,

उसै गरि लुछिरहनेछन फुल सम्झेर,

तापिरहनेछन जुन सम्झेर,

हाम्रो साथमा त केबल

सिर्फ आँसु हुनेछ

पिडा ,चोट हुनेछ अनि

हुनेछन मात्र अनेक मृगतृष्णाहरु

त्यसैले

अब हामी धरती हैन

धरती फुटाएर निस्कने ज्वालामुखी बन्नुपर्छ

फुल हैन,काडा बनी घोच्न सक्नुपर्छ

अनि

जुन हैन घाम बनी पोल्नुपर्छ

तब हामिलाइ छुन होइन,हेर्न डराउनेछन

हाम्रो बाटाेमा बन्ने छैनन तगारो

सक्नेछौ सजिलै

हामी आफ्नो लक्षमा पुग्न

नारी भएकै कारणले

पर्ने छैन हामीले आफ्नै घरको बलेसी देखि डराउन

छाउपडिको नाउमा चिसो गोठमा

अकालमा ज्यान गुमाउन बोक्सीको नाउमा मलमुत्र खान,

दाइजोको नाउमा जिउदै जल्न,

अनि पर्ने छैन, दिन भरी जुवातास खेलेर,

साझमा घर फर्किदा तन्न रक्सी धोकेर,

रातै भरी कुटपिट गर्ने लोग्नेको पाउ को पानी पिएर ,

स्वर्ग पुग्ने सपना देख्न,

त्यसैले अब हामी नारी जसरी भएपनी......

काडा बन्नुपर्छ घाम बन्नुपर्छ अनि....... ज्वालामुखी बन्नुपर्छ।।।।।।।।