-राधा बास्तोला-सिक्किम भारत

दुनियाँ ले हेर्ने नजर अलगअलग भा छ अरे।
हात धुएर सारा दुनियाँ उन्कै पछि लाग्छ अरे ।
आफू लाई परिवर्तन गर्नु त्यो चाहिँ माहान काम हो ।
के पाउछौ खै तिमिले तर बयान फेर्दै हिड्छौ अरे ।

जब बज्छ फोन को घण्टी झस्कन्छ मन तेसै तेसै ।
उन्कै फोन पो आको हो कि जस्तो लाग्छ किन अचेल ?
उन्कै काख न छोडेर बसि रहु जस्तो लाग्छ ।।
यति ठूलो म मा किन परिबर्तन भाको अचेल ?
भोक मारी ले सकिएका देश हाक्ने नेत्री नेता
के थाहा कठै यी गद्दार लाई जाजरकोट को पिडा बेथा ।
खक्क खोकी लागि सक्दा थुक्ने ठाउँ अमेरिका ।
किन देख्थे आफ्नो देशका भोका अनि नाङ्गा जनता ।😐😐

चस्स भुडी दुखी सक्दा बिदेश तिरै कुद्नु पर्ने ।
हामी सोझा जनताले चाहिँ अकाल मै मर्नु पर्ने ।
जनताको खुन पसिना उपचार मा खर्ची सकेउ ।
तेति मात्र काहा हो र नदि नाला बेची सकेउ ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय