-राधा बास्तोला-सिक्किम भारत

दुनियाँ ले हेर्ने नजर अलगअलग भा छ अरे।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

हात धुएर सारा दुनियाँ उन्कै पछि लाग्छ अरे ।

आफू लाई परिवर्तन गर्नु त्यो चाहिँ माहान काम हो ।

के पाउछौ खै तिमिले तर बयान फेर्दै हिड्छौ अरे ।

जब बज्छ फोन को घण्टी झस्कन्छ मन तेसै तेसै ।

उन्कै फोन पो आको हो कि जस्तो लाग्छ किन अचेल ?

उन्कै काख न छोडेर बसि रहु जस्तो लाग्छ ।।

यति ठूलो म मा किन परिबर्तन भाको अचेल ?

भोक मारी ले सकिएका देश हाक्ने नेत्री नेता

के थाहा कठै यी गद्दार लाई जाजरकोट को पिडा बेथा ।

खक्क खोकी लागि सक्दा थुक्ने ठाउँ अमेरिका ।

किन देख्थे आफ्नो देशका भोका अनि नाङ्गा जनता ।😐😐

चस्स भुडी दुखी सक्दा बिदेश तिरै कुद्नु पर्ने ।

हामी सोझा जनताले चाहिँ अकाल मै मर्नु पर्ने ।

जनताको खुन पसिना उपचार मा खर्ची सकेउ ।

तेति मात्र काहा हो र नदि नाला बेची सकेउ ।