ज्ञानेन्द्र काेइराला.साहित्यीक कृतिहरूमा अाधारित रहेर नेपालमा धेरैनै चलचित्र निर्माण भएता पनि केहि कृति तथा ग्रन्थलाइ अपवादमा छाेडेर हेर्नेहाे भने अाजसम्म साेचेजस्ताे उत्कृठ चलचित्र दर्शक समक्ष अाउन सकेकाे देखिदैन ,कारण धेरै हुन सक्लान तर अहिले भने यस्तै धार्मिक तथा अत्यन्तै लाेकप्रिय ग्रन्थ “श्रीस्वस्थानी महिमा” काे विषयलाइ लिएर एक निर्माण टाेलीले डकुमेन्ट्री फिल्म् निर्माण गर्दैछ ।

भारतमा लेखिएकाे धार्मिक ग्रन्थ तर धेरैनै नेपालका भुभागहरुकाे वर्णन गरिएकाे । भारतमा लेखिएकाे तर भारतमा महत्व नरहेकाे नेपालमा मात्र महत्व रहेकाे एक मात्र धार्मिक ग्रन्थ । पहिलाे पटक स्वस्थानीकाे हुबहु डकुमेन्ट्री फिल्म् बन्नु सम्पुर्ण हिन्दुहरूकालागि गाैरबकाे कुरा हाे ।करिब १० लाखकाे लागतमा तयार पारिएकाे यश “श्रीस्वस्थानी महिमा”- मा धेरै कलाकारहरुले अभिनय गरेका छन् । ब्यबसायिक रुपमा नेपाली गीत सँगीत अाेरालाे लागेकाे अबस्थामा पनि यति जाेखिम कार्य अारम्भ गर्नु नेपाली कला र सँस्कृतिकाे संरक्षण र सम्बर्दनका खातिर बाहेक अर्काे स्वार्थ नरहेकाे निर्माण पक्षकाे दाबी रहेकाे छ।
मीरा सापकाेटाकाे निर्माण तथा रेशम सापकाेटाकाे निर्देशनमा तयार हुन लागेकाे यस श्रीस्वस्थानी डकुमेण्टरी चलचित्रमा अभिनय गर्ने कलाकारहरुमा,महादेब- रेशम सापकाेटा,बिष्णु-चिरन अधिकारी,सती-बसन्ती भट्ट,पार्बती- सपना वली,नारद-बिकल्प पाैडेल,दक्ष प्रजापती-चेतराजसिं राजा,बिरणी-राेशनी सापकाेटा,शिव भट्ट- दिपक पाैडेल,सती ब्रामणी -सरु न्याैपाने,शिव शर्मा -कुमार बाेगटी,गाेमा – पवित्रा रिजाल/ अारुषी अाचार्य,नवराज-अर्जुन कँडेल,चन्द्रावती-मीरा खड्का,लावण्यवती-कविता गाैतम,हिमालय-केदार देबकाेटा,मेनका-लक्ष्मी भण्डारी,बृन्दा-नन्दा बस्याल,जालन्धर -हरि रिजाल,ईन्द्र -अशाेक धिताल,कामदेब-बिजय के:शी,रती-गीता सापकाेटा,बृहस्पति-लाेकनाथ ढकाल,महाकाली-चन्दा बिडारी लगायत अन्य कलाकारहरुमा-राजन पाैडेल, श्रष्टा सापकाेटा, अाज्ञा बास्ताेला, सुन्दरी मिश्र, राेमा बिष्ट, चन्द्रीका ठाकुर, माेहन लामा अादि छन।यसलाइ क्यामरामा पवन गाैतम/ राहुल राईले कैद गरेका छन भने राेशन धितालले सम्पादन रहेकाे छ ।त्यसैगरी ब्यवस्थापक राजन पाैडेलले स्महालेका छन ।लाेकनाथ ढकाल र सुन्दरी मिश्र काे निर्माण नियन्त्रमा ,बिना पाण्डे/ कृति बरालकाे श्रृंगार रहेकाे छ । यसैगरी संगीतकार रेशम सापकाेटाकाे सँगीतमा राजन पाैडेल,सीता श्रेष्ठ ,रेशम सापकाेटा र कालिका राेकाले अावाज दिएका छन उत्पादन/ वितरणकाे जिम्मा तरेली सँगीत कुञ्जले लिएकाे छ। यसका सँगीत सँयाेजक झलक सँगीतम् हुन ।
धिताल फिल्म्स् मा धमाधम सम्पादन कार्य भैरहेकाे “श्रीस्वस्थानी महिमा” चाडैनै दर्शकमाझ अाउने यसका कालाकार चिरन अधिकारीबताउछन् ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah