दमक/झापाको दमक महोत्सवमा सोमबार आज ज्योती मगर आउने भनेर प्रचार गरिएकोमा उनि आइनन् । नेपालगन्जमा रहेकी उनि मौसमका कारण फ्लाइट नहुदा काठमण्डौ र त्यसपछि झापा आउन नसकेको दमक उद्योग बाणिज्य संघले जनाएको छ ।
मगर आउने भनेपछि आज धेरै टिकट बिकेको थियो भने दर्शक समेत महोत्सव स्थलमा खचाखच रहेका थिए । मगरले आफू मंगलवार भएपनि आउन तयार रहेको जनाएको बाणिज्य संघले जनाएको छ ।
चर्चित गायिका मगर नआउने बिषयमा नगरबासी तथा महोत्सवका दर्शकहरुलाइ माइकिंग गरेर जानकारी गराइएको पनि बाणिज्य संघको भनाइ छ ।
कतिपयले भने उनलाइ नल्याउन समेत सल्लाह दिएका थिए । दर्शकहरुको माग अनुसार मगरलाइ ल्याउने तयारी भएको र आउने निश्चित भएपनि मौसमले साथ नदिदा फ्लाइटका कारण उनि सोमबार आउन नसकेको जनाइन्छ ।










