सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर देशको धर्म विपरित अनेक कार्य गरे वापत जेल अनि नेल ठोक शरिरमा करेन्ट प्रवाह गर पैतालामा लट्ठी बजार चिथोर, लछार, पछार र देश द्रोहको अपराधमा शिवपुरी नै पु¥याएर भए पनि गोली ठोक र त्यतै बेपत्ता बनाउ जहाँ सयौं पहिले पनि वेपत्ता बनाइएका छन् ।
सरकारबाट रुन वाध्य पारिएकाहरु, सरकार हुँदा हाँस्न सम्म नपाएकाहरु सबै सबैलाई हँसाएर अपराध गरेथ्यो । अनि तराईलाई अल्ग्याउने तिम्रो राजनीतिलाई थिलथिलो पार्दै फेरी उहि तराइका शितलहरहरुमा न्यानो कपडा बोकी एकता र भातृत्वको समभावना कायम ग¥यो
भूईचालोमा नाङ्गिएकाहरु खुला आकाशमा सुत्न वाध्य पारिएकाहरु तिम्रा झुटा आश्वासनमा पटक पटक बलात्कृतहरु सबै एकैठाउँ पारी दुुःख सुख बाँड्न र बाँच्न सिकायो र अर्को अपराध ग¥यो ।
त्यति मात्र होइन सरकार तिम्रा ठेकेदारहरुले एक कि.मि सडक, सयौंको ज्यान लिएको डाँडाको तुइन, वारीपारी गर्ने एउटा पुल, सयौंको उपचार गर्ने एउटा हस्पिटल, हजारौंलाई शिक्षित बनाउने एउटा विद्यालय बनाउन, विस्थापन गर्न, निर्माण गर्न, सञ्चालन गर्न बर्षौ लगाएको बेला, आधा दिन बाटो बन्द गरेर राजधानीलाई नाकाबन्दी गरिरहेको बेला सोझा सिधालाई सधैं झुक्याइरहेको बेला र त्यसबाट तिम्रो राजनीति चलिरहेको बेला
हेर त पारी डाँडामा नमुना पहरी बस्ती र गिरानचौर खडा ग¥यो जहाँ तिम्रा जवान पुग्न सम्म बाँकी थियो तिम्रा विकासे कथा सुन्नसम्म बाँकी थियो त्यहि त्यसले सन्तपुर बस्ती नै शहरमा रुपान्तरण ग¥यो
त्यसले तिम्रो भजाउने सबै कुरा निमिट्यान्न पा¥यो तिमीलाई नाङ्गो छौ भनेर आरोप मात्र होइन सरकार प्रमाणित नै गर्यो त्यसैले सरकार धुर्मुस सुन्तलीलाई आतंककारी घोषणा गर र देश द्रोहको अपराधमा शिवपुरी नै पु¥याएर भए पनि गोली ठोक अनि त्यतै बेपत्ता बनाउ जहाँ सयौं पहिले पनि वेपत्ता बनाइएका छन् ।
हरि दहाल धुलाबारी, झापा










