सवाल:-राजकुमार निराशी आङदेम्बे
जबाफ:-सीसा थारु
गजल
आफ्नो रुप केही क्षण टल्काएर गयौ काली उनै बेला थोरै माया झल्काएर गयौ काली
सुन चादी टल्काए झै टल्काउनु पर्छ काले अब फेरि उनै प्रेम झल्काउनु पर्छ काले
सताउनु सीमा हुन्छ लत्याउनुको सीमा हुन्छ तिम्रो न्यानो अंगालोमा पल्काएर गयौ काली
कसरी म बुझाउ मन जीन्दगी नै दोधारमा छ अपुरो यो सपनालाई पल्काउनु पर्छ काले
उमेर छदै जांघर चल्छ माया प्रिती गाँस्न ऐस बैँस जवानी सब ढल्काएर गयौ काली
सत्य बोल्यौ तिमी आज खेर गयो जोबन छिट्टै बैसको माधुर्यता ढल्काउनु पर्छ काले
तिम्रा लागि संगै जीउने तारा झार्ने हजार होलान मलाई भने तिमी सितै सल्काएर गयौ काली
चोखो प्यारमा संका हुन्न तिमी ब्यर्थ संका गर्छौ दुबै मिली प्यारको आगो सल्काउनु पर्छ काले









