नागरिक्ता ले छुट्टाएको नुमाफुङ्ग लाई एक सम्झना
( तोंङबा कबिता)
प्रिय नुमाफुङ .!
तिमीलाई मिठो सम्झना
न्यानो सम्झना
हरदम सम्झना
असीमित मायाका प्यारहरु
असीमित समयका यादहरु
असिमित प्रेमका पलहरु
अजम्बरी मायाको बातहरु
चिसीएको सम्बन्धको छालहरु
अबिस्वासी तिम्रो मायाको छल हरु
एक्कासि सम्झेर ल्याए
नबिर्सेर हो या बिर्सेर हो
तिम्रो आघात मायालाई सम्झेर ल्याउदा
तिम्रो आडम्बरी सम्झेर ल्याउदा
चोन्जोलुङ्ग को शिर पुग्ने सम्झेर ल्याउदा
फक्तांङलुङ्ग को कसम सम्झेर ल्याउदा
तिमीलाई बडुळि चल्दो हो
तिमीलाई उराठ लाग्दो हो
हाउ...!
प्रिय नुमाफुङ तिमीलाई मिठो सम्झना!!!
थाहा छ नुमाफुङ 2013को ?
हामी केबा कोक्मा हेर्न तयारी माँ थियौ
त्यहीँ आदिबासी को माहोल
बिभिन्न जातजाति भेषभूषा
रङ्गीचङ्गी बिभिन्न जातजाति भेषभूषा
अनि त्यहीँ रङ्गीचङ्गी भीड़ माँ एक नौलो (फुङ्ग)
हजार को भीड़ माँ हजारौ हजार
ढाकाको साडीमाँ उज्यालिँदै
सिरै माँ शिरबन्दी कानैमाँ बुलाकी
अनि अझै शिरमाँ (साम्याङफुङ्ग)
त्यों दिन लाई सम्झेर ल्याए
बोकेर ल्याए साचेर राखे
हाउ...!
प्रिय नुमाफुङ्ग तिमीलाई मिठो सम्झना
चिन्जनीको रहरहरु बढ्न थाल्यो
मन बच्चन हरु उम्लींन थाल्यो
नआट्ने ठाउहरु फराकिलो हुदै गयो
नफुटने बोली हरु फुट्न थाल्यो
कता कता मन हरु खुशीको बहाब बढ्न थालेपछि
जिन्दगीको रंग भरे जस्तो
प्रिय नुमाफुङ्ग संग एक कोशिस हरु बढ्न थाल्यो।
समय लम्किदै गयो
सम्बन्ध बढ्दै गयो
तितो मिठो कुराकानी सँगै
जिन्दगीको रहर हरु बढ्दै गयो
यसरी नै...!
प्रिय नुमाफुङ्ग
तिमीले त्यों बेला तोङबा खुवाएको
हातमाँ हात जुधाएको
ओठमाँ ओठ जुधाएको
एक अर्कालाई आंगालोमाँ बाधेको
अनि तिमीले तोङबा बनाउदै
पिछिङ्ग लाई स्टिल झुस ले माझ्दै
कति (मिखु) लागेछ भन्दै
पिछिंङ्ग मलाई दियौ
तिमीले पकाएको सिदाङ्गको घ्यामपा उघार्दै
तिमीले सिदाङ्ग निकाल्दा मलाई हाच्युङ्ग आएको..


तोङबा को तयारी सँगै तोङबा खान थालेछु
खादा खादै बोल्न थालेछु
के बोलेछु के भनेछु
ज्याप भएछु
यस्तै यस्तै भो भन्दै भोली पल्ट बोल्दै गर्दा
एक्कासि तिमी झर्केको
एटम बम झै पड़केको
किनहो किन तिमी रिसएको
पछाडि थाहा भयो तिमी मेरो ब्याग हेर्यौ
त्यहाँको नागरिक्ता हेर्यौ
त्यहाँको सर्टिफिकेट हेर्यौ
हेरेछौ.......आदि।
प्रिय नुमाफुङ्ग
उमेर ले हुदैन सम्बन्ध
सम्पतिले पाऊदैन शान्तिघर
अबिस्वासले बन्दैन परिवार
अनि रूपले पुग्दैन आइतबार शनिबार
हो कहिले हुदैन पुग्दैन।
प्रिय नुमाफुङ्ग जहाँ छौ
जस्तो छौ कस्तो छौ
तर म भन्छु जहिले
नागरिक्ता ले छुट्टाएको हाम्रो माया
प्रिय नुमाफुङ्ग तिमीलाई मिठो सम्झना
मिठो सम्झना!!!


क्रमश तस्बिर माँ:आदरणीय पाँचथर सिदेन माँ बी का प्रधान्ध्यापक सुरेन शिशिर गुरु श्रीजगा ग्रामीण सामुदायिक केन्द्र पाँचथर का हाकिम आदरणीय दलेन दाजु अनि म तोरी लाहुरे।










