छट्पटाई रहेछ मेरो देश प्रसब बेदनाले जसरि एउटी आमा छट्पटाउछिन ।
कहिले भारतको नासो बोकेर त कहिले चिनको पासो बोकेर कहिले आफ्नै देशको ब्यथिति बोकेर रजस्वला सुरु नै नभएकि एउटी केटिलाइ जबर्जस्ती उत्तर दक्षिणबाट ल्याइएको जडीबुटी खुवाएर गर्भ बोकाइदै छ ।
बक्षस्थल त कहिले पाठेघरमा क्यान्सर देखीदा देखिदै ।
सुन्निएको हात खुट्टामा तेल को मालिस छाडेर महङ्गो परफ्युम को बास्ना सगै डलर बोकि सडक र सदनमा अाफ्नै बाचाउ गर्दै प्रत्येक पटक सुत्केरी भत्तामा अल्झिएका छन् मान्छेहरु ।
या त तुहाउन खोज्दैछन् या नजन्माउन जालझेलमै जनतालाई लाटो-कोसेरो झै बनाई बिदेशीका ईशारामा कठ्पुतलि बनि तुहाउदैछन् अाफैले बनाएको मेरो देशको संविधान।।










