पौरखले पाहाड फोर्छु बिराउछु म खेतबारी।

परिश्रमको पसिनाले भिजाउछु म खेतबारी।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

मुठ्ठी छरी उब्जाउनु छ अन्नबाली मुरि मुरि।

असार साउन रोपाइँ गर्न हिलाउछु म खेतबारी।

कल कल गर्दै खोल्सो बग्ने जरुवाको पानी।

कुलो खनी भिर पाखामा सिँचाउछु म खेतबारी।

मलजल गरि कोदो रोप्न मकै तोरी छर्न।

हलो जोती राँटो बाँझो चिराउछु म खेतबारी।

रोहित तामाङ्ग गोले। आङ्सरङ्ग:-३पाँचथर। अहिले:-मरुभूमिको आँगन बाट।