कविता

शीर्षक : यो समाज र देश

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

सबैलाई थाहा छ नारीले संसार श्रृष्टी गरेकी हुन् महिनौँ शरिर कुरुप पारेर पेट भरेकी हुन् हे पुरुष...... तिम्रो क्षणिक रङ्गरौसको थोपादान नवजात शिशुको लागि  वरदान बन्छ तिम्रो नाम लिन्छ बाउको छोरो भन्छ उता तिम्री श्रीमतीको फुलेको पेट सुक्छ यता तिम्रो नाक घोक्रिन्छ कसरी तिम्रो गुणगान गाउने यो समाज झोक्रिन्छ

आमाको नाम कतै आउँदैन जतापनि बाधा तिम्रै खुशी तिम्रै सुख हुन्न कहिल्यै आधा बन्छौ तिमी देवदुत बोक्सी बन्छे राधा

अनिल पौडेल “किर्ते”, टाँडी ८ मोरङ

यो यस्तो समाज हो.... जहाँ लाशहरु नाच्ने गर्छन् मान्छेको स्वरुपमा बाँच्ने गर्छन् पुरुषलाई  भोलेबाबा बनाउँछ महिलालाई बोक्सी बनाउँछ चोकमा पिट्छ, छाम्छ, डाम्छ रमिता हेर्छ खुशी मनाउँछ

रामहरुको हराम चाला यो समाजबाट कहिले जाला पुरुष जन्मिँदै राम बनिन्छ महिला जन्मिए समाज खनिन्छ बोल्छ पुरुष मर्द गनिन्छ बोल्छे महिला  बेश्या भनिन्छ

सरकार........ तेरो संविधान नागरिकको अधिकार पत्र जे लेखेको छस् दे अधिकार चाहिँदैन ग्रन्थ जलाईदे नत्र

सोच्छु‘‘। यो समाज कस्तो ? नारीलाई बोक्सी भनेर तर्साउने छातीमा सधैँ लात बर्साउने कोखको छोरो राजाझैँ पाल्छ छोरी आए तुहाएर फाल्छ छोरो जन्मिन्छ बुहारीले घिउ खाई छोरी जन्मिए राँडीले छोरी पाई

यो माटो कस्तो ? जहाँ  राधा जन्मिन्छे बोक्सी बनेर

दुर्गा  बेस्या बनेर अघाउँदैन यो समाज सीताुलाई रण्डी भनेर

तेरो संविधानको महापुराणमा ३०८ वटा धारा बगेका छन् खै त तिनिहरुले हाम्रो आँसु कहिले लगेका छन् ? ती धारालाई राधा बनाएर हेर् ३०८ पटक राधा आउँछिन् ती मेची देखि कालीका राधाहरु हुन् कोही सिस्नुपानीले नुहाईरहेका छन् अविरल आँसु चुहाईरहेका छन् कोही पन्युँ तताएर डामिएका छन् कोही दिनदहाडै छामिएका छन्

जनताको VCR-Voice,Choice & Right तेरो परिभाषामा भुटन, चिउरा र रक्सी बन्छ INGO ले बन्दोबस्त मिलाउँछ तँ खुशी हुन्छस् असाध्य किनकी तँलाई VCR त्यही INGO ले नै खिलाउँछ

सम्चार आउँछ( बलात्कारमा परिन् ७ वर्षकी बालिका लाग्छ यो देशले बनाएको छ बलात्कारको तालिका १ बलात्कार छ झापामा, बाजुरामा त्यस्तै छ बलात्कारमा किन देश हरघडी व्यस्तै छ ? रेडियो सुन्न कान थापिन्छ, पत्रिकामा त्यस्तै समाचार छापिन्छ बलात्कारकै खबर यत्रतत्र छरिएको छ घोरिएर सोच्छु।। के यो देश बलात्कारीले नै भरिएको छ

(अनिल पौडेल किर्ते टाँडी ८, मोरङ्ग