ड्यालस (अमेरिका) – साहित्यकार बिटु केसीको कृति ‘मायाँको मात’ माथि आइतबार ड्यालसमा अन्तरकृया सम्पन्न भएको छ । स्थानीय साहित्यानुरागीहरुको बाक्लो उपस्थितीबीच ‘मायाँको मात’ र मुक्तकको बारेमा छलफल गरेका थिए । श्रष्टा साँझ तथा हिमालयखबर डटकम को संयुक्त आयोजनामा भएको कृति समिक्षा कार्यक्रम ८५ वर्षिया साबित्री आचार्यको प्रमुख आतिथ्यतामा भएको थियो ।

कार्यक्रममा कृतिकार बिटु केसीले मनमा उव्जिएका भावहरुलाई टिपोटका रुपमा सामाजीक सञ्जालमा लेख्दै जाँदा मुक्तक संग्रहका रुपमा आएको उल्लेख गरिन् । ‘कहिलेकाँही ड्राइभिङ गर्दागर्दै, कहिलेकाँही राति बिछ्यौनामा पल्टिएको अवस्थामा भावनाहरु आउँथे, त्यसलाई लिपीवद्ध गर्दै जाँदा यो कृति तयार भयो,’ उनले भनिन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कार्यक्रमको सुरुमा श्रष्टा साँझका प्रभात दीक्षितले प्रवासमा रहेका साहित्यकारहरुका कृतिमाथि समिक्षात्मक कार्यक्रम गर्दै जाने बताए ।‘हामीले कृति प्रकाशनका लागि पनि केही सहयोग गर्न सकिन्छ कि भनेर सोचिरहेका छौँ,’दीक्षितले भने ।

कार्यक्रममा कृतिकारका पति तथा पत्रकार/साहित्यकार तारा बरालले आफुले मुक्तक संग्रहका रुपमा प्रकाशन गर्नका लागि पु¥याएको सहयोगका बारेमा चर्चा गरेका थिए । हिमालय खबरका प्रधान सम्पादक विजय घिमिरेको सभापतित्व तथा साहित्यकार विजयराज भट्टराईको सञ्चालनमा भएको कार्यक्रममा अमेरिकाका वरिष्ठ उपाध्यक्ष सुनिल शाहले शूभकामना मन्तव्य व्यक्त गरेका थिए ।

त्यस अवसरमा बैकुण्ठ आचार्य, भगवती पौडेल, लीला श्रेष्ठ, शशी भट्टराई, राधाकृष्ण काफ्ले लगायतले मुक्तक वाचन गर्नुका साथै कृतिका बारेमा चर्चा गरेका थिए । एक महिना अघि नेपालमा विमोचन भएको ‘मायाँको मात’ मुक्तक संग्रहमा माया प्रेम, राजनीति, समाजसेवाका विषयमा चोटिलो प्रहार गरिएका एकसय २६ वटा मुक्तकहरु छन् । लामो समयदेखि अमेरिकाको ह्युस्टनमा रहँदै आउनुभएकी साहित्यकार केसी पत्रकारिता, साहित्यको क्षेत्रमा समेत कृयाशील छिन् ।