दमक, २५ पुष–आख्यानकार श्याम सिंघकको औपन्यासिक कृति ‘रेमिटल्याण्ड’ प्रकाशनको अन्तिम तयारीमा पुगेको छ । फिनिक्स वुक्स काठमाण्डौद्धारा प्रकाशन हुन लागेको सो उपन्यासको कभर सार्वजनिक भएको छ । माघ पहिलो सातासम्म बजारमा आईपुग्ने ‘रेमिटल्याण्ड’ उपन्यासका लेखक सिंघकले जानकारी दिएका छन् । ‘रेमिटल्याण्ड’ उपन्यास नेपाली समाजको आर्थिक–सामाजिक बदलाबले उत्पन्न गरेको जीवन र मनोदशाको शब्दचित्रण गरिएको छ । लेखकले पूँजीवादी दुनियाँको असर वापत हाम्रो गुजारामुखी खेतीले आवश्यत्ता पूर्ति गर्न नसकेर रोजगारीको लागि देश–दुनियाँ चाहार्ने युवा पुस्ताका जीवन भोगाईलाई शब्दचित्रण गर्न खोजेका छन् । त्यस्तै घर–परिवार, आफन्त र प्रेमिल यादहरु वोकेर देश–दुनियाँमा जीवन व्यथित गरिरहेका युवाहरुको कार्यव्यापारको कारण भत्कन्दै गरेको हिजोको समाज र र पुर्नगठन हुदै गरेको आजको समाजको गतिविधिहरुलाई ‘रेमिटल्याण्ड’ भित्र देखाउँन खोजेका छन् । तेह्रथुम जलजले घर भएका उपन्यासकार सिंघक पेशाले पुर्वी नेपाल खाद्यय सुरक्षा कार्यक्रम अन्र्तगत दमकमा कार्यरत छन् । उनको यो दोस्रो कृति हो । यसअघि २०५६ सालमा उनको ‘दलिता’ उपन्यास प्रकाशन भएको छ ।
श्याम सिघकको ‘रेमिटल्याण्ड’ बजारमा आउँने तयारीमा
सवाल नेपालसंवाददातासोमबार, २४ पुस २०७३

श्याम सिघकको ‘रेमिटल्याण्ड’ बजारमा आउँने तयारीमा
यो समाचार शेयर गर्नुहोस्:

« यो पनि पढ्नुहोस्
साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'

यो पनि पढ्नुहोस् »
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
प्रतिक्रियाहरू0
अहिलेसम्म कुनै प्रतिक्रिया छैन। आफ्नो विचार व्यक्त गर्ने पहिलो बन्नुहोस्!
आफ्नो प्रतिक्रिया लेख्नुहोस्
तपाईंको इमेल ठेगाना सार्वजनिक गरिने छैन। आवश्यक फिल्डहरू * चिन्ह लगाइएका छन्।
सम्बन्धित खबर

साहित्यकार 'रोहित'को कविता 'कंक्रिट रुपी जंगल'
सोमबार, २० चैत २०७९
चीनले धेरैभन्दा धेरै नेपाली फिल्मलाई स्वागत गर्ने
शुक्रबार, ३ चैत २०७९
ओस्कार अवार्डमा कसले के के जिते: हेर्नुहोस सूची
सोमबार, २९ फागुन २०७९
सफाई पाएर रिहा हुँदा प्रफुल्ल देखिए पल
सोमबार, १५ फागुन २०७९
कविता : के धुवाँ हुनु भनेको हृदयको नजिक हुनु हो?
आइतबार, १४ फागुन २०७९



