बर्षौ पुरानो मेरो ईतिहासिक धरोहर लुटिदैछ...छुट्टिदैछ सड्क अनि सदन का नाममा।
पर अप्सराहरु छम् छम् गर्दै पञ्चकन्याहरुको स्वागत सगै संगित मनोहरमा रमाउदै युगल जोडिहरु प्रेमलापमा हराउदै संगित का तालमा चोटा अनि बगैचा र देवलहरुमा उन्मुक्त हासोमा रमाउदै....।
सफा सुग्घर अनी शान्त दिप र पुष्प का मिठा सुगन्ध सगै मन्दिर का घण्टा को सुमधुर ध्वनि सगै थाल भरी सजिएका सप्तरंगी रंगहरु बिहानिको किरण सगै सम्मान का रेखाहरु मा ।
घडा ले भरिएका स्वागत बिना कोलाहल मा पर क्षितिज सगै देखाउदै छु उ मेरो सुन्दर नगरि मासिएको धरोहर सम्झेर जहाँ म हुनु को अाभाष थियोे ।
जहाँ म रमेको थिए खेलेको थिए मेरो बालापन सगै पर्यटकले भरिए को थियोे अाज धुलो मा.....पर हराई रहेछ। मध्य शहर को सिमा रेखा सगै कंक्रीट को बाटो भएर।
( बाटो बढाउनु राम्रो हो,तर भएका कलात्मक मठ मन्दिर र पार्टी पौबा भत्काएर बढाउनु अचित हैन!)










