////////// गजल//////////
नयाँ जीवन पाए पनि सफर फेरिएन अझै!! अधुरा नै छन् मेरा रहर फेरिएनन अझै!!
जीन्दगीमा नयाँ यात्रा तय भयो, समय भन्दा अघि पुग्ने बारम्बार यात्रा रोक्ने शिखर फेरिएनन् अझै!!
सम्पती र महल सँग दाजिन्छ यहाँ गरिबीको जीन्दगी धनी गरिब बिचको अन्तर फेरिएन अझै!!
सयौ हतियार फेरिए पनि चोट उस्तै छन् जिन्दगीको चोट उस्तै भए पनि खुकुरीको असर फेरिएन अझै!!
अशान्तिको माहोल छ हारगुहार चल्छ सधैँ भेल बाढी उस्तै रहे पनि सागर फेरिएन अझै!!
बिनोद रिमाल










