केबि महरा
प्रीय दशैं ,तिमी एकबर्ष पछि मात्रै आउँदा हुँदैन र ?
जसरी एउटा प्रदेशिले हातका औँलाहरु भाँच्दै दिन गनेरै परिवारको सम्झनामा कैयौँ रातहरु बिताएका छन्
तेसै गरि तिमिले पनि प्रदेशिका आँखाहरु बाट टिलपिल-टिलपिल भईरहने ती आँशुका थोपाहरुलाई सम्झी ,एकबर्ष पछि मात्रै आउँदा हुँदैन र ?
प्रीय दशैँ,
घरमा रहेका ती बृद्धअवस्थाका बाबुआमाका पटपटी फुटेका पाऊ हरुमा ,एक जोड नयाँ चप्पल किँनिदिन पैसाको जोहोका लागि लाहुर भासिएको एक प्रदेशिले ,आफ्ना जिबनका कैयौँ बसन्तहरु रातदिन नभनी बिताईरहँदा तिमि पनि एक वसन्त पछि मात्रै आउँदा हुँदैन र ?
प्रीय दशैँ,
म सानो छँदा बाबाले मेरा लागि किनेर ल्याईदिएको खल्तिवाला जाँघेको ज्याला अझैँ तिर्न नसक्दा प्रदेशमा कैयौं सुकिला पाईन्टहरु सफा गरेरै दुई चार रकम जम्मा गरि रहँदा कटक्क मन खाने गरी तिमी फेरि घर- आँगनमा आईदिँदा मलाई वास्तै गरेनौ है ?
प्रीय दशैँ ,
जिबनमा एक गाँस मीठो मसिनो खाने र एक सर्को न्यानो लुगा लगाउने रहर संङ्गै अनगिन्ती रहर हरु मनभित्रै गुमनाम पार्दै, बाबा...अर्को दशैँमा म पनि घर आउँदैछु है भनिरहँदा
प्रीय दशैँ तिमी एकबर्ष पछि मात्रै आउँदा हुँदैन र ? ?










