लेखक:किशोर गौतम झापा दमक
रातोदिन देश छाडी बिदेशीनेको ताँती देख्छु
बाध्यता र परिस्थितीले चिरीएको छाती देख्छु
थलियका छन रोग अनी शोकले यता बा अामा
बक्सा भित्र ल्याइएका निर्द्रोष छोरा नाती देख्छु

नजाने भो जनताको दुख यो ब्यवस्था रहेसम्म
सबै स्वार्थी सबै लालची नाटक नाँना भाँती देख्छु !!










