दमक/झापाको कमल गाँउपालिका वडा नं. ५ मा रहेको कोसेली युवा क्लव २० औ बर्षमा प्रवेस गरेको उपलक्ष्यमा आउदो कार्तिक २५ गते मंगलमय माध्यमिक बिद्यालयको मैदानमा बृहत सांगीतिक कार्यक्रम हुने भएको छ ।
अहिले चल्तिमा रहेकी गायिका तृस्ना गुरुङको लाइभ कन्सर्ट हुने जनाईएको छ । यसमा सेकेण्ड जेनेरेसन ब्याण्डले धमका भर्नेछ । कार्यक्रमको तयारी तिब्र रुपमा अघि बढाईएको आयोजकको भनाइ छ ।
बिभिन्न सास्कृतीक कार्यक्रम सहित अपरान्ह ४ बजेदेखि कन्सर्ट शुरु हुने कार्यक्रम संयोजक धीरज श्रेष्ठले बताएकाछन् । उनका अनुसार युवा पुस्ताहरुलाइ मध्यनजर गरेर नै कार्यक्रमलाइ भब्य बनाइने तयारी तिब्र रुपमा भएको छ ।










