प्रिय युवा !

जब तिम्रा आंखाहरु

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

राता राता भएर

दुश्मन तिर हेर्छन

मुठ्ठीहरु कसिन्छन

स्वासको गति बढ्छ

जोड जोडले चिच्याछौं

मानौ तिमी

विस्फोट हुनै लागेको

ज्वालामुखी जस्तो हुन्छौ

र हुंकार गर्छौ

गर्जिन्छन तिम्रा गर्जनहरु

ओ हो !

कति सुन्दर

इंतिहासका पानामा कैद हुने

झुपडिहरुले शलाम ठोक्ने

दुखिहरुले सम्मान गर्ने

तिम्रो सुन्दरता

जनताहरुको बिचमा

प्रतिबिम्बित हुन पुग्छ

सगरमाथा झैं अग्लो

तिम्रो उंचो शिर

तिम्रो लोभलाग्दो जिवन

मजदुरहरुको बिचमा उभिंदा

हेरिरंहु जस्तो हुन पुग्छ

प्रिय युवा !

तिमी मात्र यस्तो सम्झना हौ

गरिबको झुपडी माथि

सामन्तले डोजर लगाउंदा

मजदुरको पसिना

दलालले लुटि खांदा

अबोध र असाय नारिहरु

नरपिशाच बाट बलात्कृत हुंदा

कसैको पेट भोको होस

या कसैको आङ्ग नाङ्गो होस

कसैले दलित हुनु परोस

या कोहि दमित भैरहनु परोस

ओ हो !

त्यति बेला तिम्रो सम्झना आउँछ

प्रत्यक मनहरुले

प्रत्यक उत्पिडित आत्माहरुले

तिमिलाइ सम्झन्छन

शतिसालझै

ठिङ्ग उभिएको

दुश्मनहरुको निम्ति काल

जनताहरुको आफ्नो प्यारो

प्रिय युवा

तिमिलाइ खोजिरहेछ दुनियाँ

पछ्याइ रहेछन तिम्रा पदचापहरु

तिमिले थाक्नु हुन्न

केही जल्लादहरुले तिम्रा गोरेटोहरु

बन्द गर्न कोसिस गर्नेछन

तिमिले न्याय र मुक्तिको

चौडा सडक बिस्तार गर्दै

जनताको गर्जन बनेर अगाडि बडिरहनु पर्छ

जनताका दुश्मनहरु बिरुद्ध

जब तिमी विस्फोट हुन सुरु गर्नेछौ

तिमिलाइ आरोपित गरिने छ

र भनिने छ

यसले आंतक फैलायो

यो आतंककारी हो

यो अतिबादी हो

यो राज्यद्रोहि हो

दलालहरुका आरोपहरुलाइ

रद्दिको टोकरिमा मिल्काउदै

यो युगको नायक

मेरो प्रिय युवा

तिमी अगाडि बडिरहनु पर्छ

तिमिले युग युग बांचिरहनु पर्छ

जनताको बिचमा

जनताको प्रिय बनेर

(सुमनसिंह पौड्यालको फेसबुकबाट साभार)