दमक/दमक झापा कमलगाँउपालिकाकी अस्मिता अधिकारी नेपालइ आइडल २ को टप ८ मा पुगेकीछन् । उनले आफुलाइ उपाधिको होडमा बलियो प्रतिस्पर्धिको रुपमा उभ्याइएकीछन् ।

उनको गृहजिल्ला झापामा उनको पक्षमा समर्थन जुटाउनका लागि सामाजिक सञ्जालहरुमा अभियान चल्न थालेको छ । स्थानीय सरकारका प्रमुख तथा उपप्रमुखदेखि लिएर सामाजिक संघसंस्थाहरु समेत उनको पक्षमा उभिएकाछन् ।

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

कमल गाँउपालिका अध्यक्ष मेनुका काफ्लेले सार्वजनिक रुपमा अपिल गरेकी थिइन् । दमक जेसिज र कमल नगर जेसिजले समेत जिताउनका लागि कार्यक्रममा अवसर दिदै मत भोट मागिदिएको थियो ।

दमक नगरपालिकाकी उपमेयर गीता अधिकारी पनि गायिका अस्मिताको पक्षमा उभिएकीछन् । उनले आफु अधिकारीमात्र नभएर उनको गायिकी मन परेर सहयोगका लागि आग्रह गरेको बताइन् ।

अधिकारीले सबैलाइ धन्यवाद दिदै पछिल्लो आफ्नो फेसबुक स्टाटस यस्तो लेखेकीछन्

A BIG THANK YOU ति सहयोगी मनहरूलाई

हजुरहरूको अपार सहयोग र मायाले गर्दा म TOP 8 मा SELECT भएकी छु |विगत दुइ हप्तामा BOTTOM 3 पर्दा एउटा डर र निरासा हुन थालेको थियो तर यहाहरुको अनवरत साथ अनि प्रयासले मलाई यो परिस्थितिबाट माथि उठाएको छ |

सब्दमा बयान गर्न सक्दिन हजुरहरूको यो योगदानलाई

मलाई येसरी नै साथ दिनुस है सधै भरि , म हर सम्भब प्रयास गर्नेछु आफ्नो best performance दिने अनि हजुरहरूलाई गौराब्वान्वित बनाउने |

हजुरहरूको जय होस्

जय गीत जय संगीत