निहारिका फ़िल्मस प्रा.ली र सप्तक संगित बिधालयको आयोजनामा स्याङ्गजामा एकल नृत्य प्रतियोगिता हुदैछ । स्याङ्गजाका बिभिन्न ५ ठाउँबाट अडिसन लिईने उक्त प्रतियाेगितामा ईच्छुक नाचमा रुचिहुनेहरुलाई अाबेदन दिन अायाजकले अाह्वान गरेकेा छ।जसकाे नगद पुरस्कार क्रमश प्रथमको १ लाख , द्तियको ५० हज़ार , तृतियकाे २५ हज़ार लगायत बिभिन्न गिफ़्ट उपहार हरु राखिएको छ ।

कार्यक्रमकाे पहिलो अडिसन मंसिर १ गल्याङ्ग कालिगण्डकि यातायात ब्यबसायी समितिको हल, दोस्रो अडिसन मंसिर ५ होटल मर्करी प्रगतिनगर स्याडग्जा , तेस्रो अडिसन मंसिर ८ गंगालाल मा बि चापाकोट , चैाथाे अडिसन मंसिर १५ मिर्मि बहुमुखी क्याम्पस मिर्मि , पाचैाँ अडिसन २२ गते मगर संघको हल वालिङ्गमा हुनेछ। साथै उक्त कार्यक्रमले गर्दा स्याङ्गजाका लुकेका प्रतिभाकाे पहिचान हुने आयोजक संस्थाहरुको भनाई छ ।