नब प्रतिभावान् गायक कृष्ण पान्डे क्षेत्रीकाे प्रथम लाेक दाेहाेरी गित 'रैछ रुनलाई' म्युजिक नेपालकाे यु-ट्युब च्यानल मार्फत सार्बजनिक भयकाे छ।केारियाकाे ४ बर्स १० महिने कार्यकाल सकेर केहीदिन अगाडी नेपाल फर्कियपछि अन्तिम तयारीमा रहेकाे उक्त म्युजिक भिडियाे उनले बजारमा ल्यायका हुन।साे गितमा गायिका बन्दना पान्डेले उनलाई स्वरमा साथ दियकी छन |जीवन भण्डारीको शब्द र संगीत रहेको उक्त गीतको म्युजिक भिडियोलाई रिकमान थापा मगर र सन्दीप पाण्डेले निर्देशन गरेका हुन। उक्त म्युजिक भिडियोमा बिष्णु पौडेल, सावित्री पौडेल र हरि अधिकारीको अभिनय रहेकाे छ।उक्त म्युजिक भिडियाे काे सुटिङ्ग दक्षिण काेरियाका बिभिन्न रमणिय स्थानमा गरियकाे छ।
सानैदेखी गित संगितमा रुचि राख्ने उनले बिभिन्न कार्यक्रममा दर्शक श्राेताहरुलाई झुमाउने खुबी भयका कलाकार काे रुपमा अाफुलाई अब्बल दर्जामा उभ्याउन सफल भयका छन।पछिल्लाे समयमा काेरियामा रहदा अनलाईन वेभ टि:भी मार्फत हरेक अाईतबार परदेशीका स्वरहरु कार्यक्रम मार्फत काेरियाली समाजमा अाफुलाई चिर परिचित गराउन सफल भयका थिय।अाफ्नाे पहिलाे म्युजिक भिडियाे सार्बजनिक गर्दै उनले अाफ्नाे फेशबुक स्ट्याटस मार्फत भनेका छन"सम्पुर्णमा नमस्कार,,,सानै देखिको सपना पूरा गर्ने क्रममा आज धेरै मिहेनत गरेर गाएको गित हजुरहरु समक्ष बजारमा ल्याएको छु।कतिपय सपनाहरु कल्पनामै बिलिन हुन्छ्न,तर एउटा सपनम आज मेरो लागि मुर्त साबित भयो।धेरै गल्तिहरु गरेको छु।कृपया सच्चाइदिनुहोला,फुल मार्क 100 मा टुप्लुक्क 32 दिएनी म खुसी हुनेछु।पहिलो प्रयास हो।कृपया सेयर गरेर सहयोग गर्दिनुहोला।
भिडियाे हेर्नुहाेस।
https://youtu.be/mbErDpecqb0










