जोत्साना गौतम - झापा बुधबारे
४२ फिट चौडाइ भएको त्यो बाटो नि आज सागुरो भएछ
जब सडक दुर्घटनाले हावामा विष फैलाएछ

बिहान घर बाट हिंडेको छोरो
बेलुका फर्किन्छ फर्किन्न थाहा हुन्न
बाटोमा हिढ्डै गर्दा पछाडि बाट आएको टिपर यमराज बन्छ ठहर हुन्छ
यहाँ एउटा ठाउँ बाट अर्को ठाउँ पुर्याउने माध्यम काल भएछ
चिसो हावा आज तातो तातो भइ बहेछ
बाटोको छेउमा चरिरहेको गाई मर्दैछ
अनि घरको छत थाम्ने भाइ मर्दैछ
जब जब सडक दुर्घटना बढ्दैछ
छिटो पुग्न गल्लीको बाटो ताक्दैछन
२२० सिसिको बाइक १४० को गतिमा हांक्दैछन
अनि आफ्नै ज्यान जोखिममा पारी दुर्घटना निम्त्याउदैछन्
एउटा सरिर त जल्दै नै छ
साथै देशको एउटा कर्णदार गल्दै छ
जब जब सडक दुर्घटना बढ्दै छ
अब दुर्घटनाको विष भरिएको हावा स्वच्छ बनाउन
हरेक मानिस लाई दुर्घटनाको कारण बुझाउन
अनि त्यसको नियन्त्रण गर्न आउनुहोस् सङै भनौं
सवारी साधनको प्रयोग अनि उपयोग गरौं
दुर्घटना घाटाइ आफू पनि बांचौ अरुलाइ नि बचाउ










