खै,थाहा छैन मलाई म कुन सास भएको एक ज्युदो लास हु सास भएपनि मेरो कदर छ एक ज्युदो लास सरह

न त म केही गर्न सक्छु न त काललाइ नै बोलाउन सक्छु वस् छु त एक ज्युदो लास मात्र एक ज्युदो लास

विज्ञापन (ADVERTISEMENT)नेपाल टेलिकम - नमस्ते एप डाउनलोड

विचरा! खै कस्तो जिन्दगी येस्को भाविले पनि के लेखिदिएछन् कर्ममा येस्को न त हुन सक्छ यो कसैको न त छ उ आफैमा उसैको

येस्तो कठोर अनि तिता वाणिको साथमा धेरै पिडा र गुन्जिएका लहर छन् मनमा मन त धेरै लाग्छ नि यो पिडा कसैसामु बर्साउन तर यहाँ प्रत्येक क्षणमा तम्तयार छन् ब्यक्तिहरु मलाई र मेरो अस्तित्वलाई तिता शब्दले तर्साउन

िह्वलचियरमा सुरु अनि अन्त्य हुनेछ मेरो यो जीवन बाध्य छु म दिनरात नभनी यो पिडालाई सहन वस् ! अब अति भयो कति दिन्छौ मलाई सजाय हे दैव ज्युदो लास हुनुछैन मलाई अब मिल्न देउ यो शरीर खरानिमा येसैमा छ मेरो विजय !

रेजिना रिजाल दमक -४ दमक बहुमुखी क्याम्पस बि बि एस तेस्रो बर्ष