खै,थाहा छैन मलाई
म कुन सास भएको एक ज्युदो लास हु
सास भएपनि मेरो कदर छ
एक ज्युदो लास सरह

न त म केही गर्न सक्छु
न त काललाइ नै बोलाउन सक्छु
वस् छु त एक ज्युदो लास
मात्र एक ज्युदो लास

विचरा! खै कस्तो जिन्दगी येस्को
भाविले पनि के लेखिदिएछन् कर्ममा येस्को
न त हुन सक्छ यो कसैको
न त छ उ आफैमा उसैको

येस्तो कठोर अनि तिता वाणिको साथमा
धेरै पिडा र गुन्जिएका लहर छन् मनमा
मन त धेरै लाग्छ नि यो पिडा कसैसामु बर्साउन
तर यहाँ प्रत्येक क्षणमा तम्तयार छन् ब्यक्तिहरु
मलाई र मेरो अस्तित्वलाई तिता शब्दले तर्साउन

िह्वलचियरमा सुरु अनि अन्त्य हुनेछ मेरो यो जीवन
बाध्य छु म दिनरात नभनी यो पिडालाई सहन
वस् ! अब अति भयो कति दिन्छौ मलाई सजाय हे दैव
ज्युदो लास हुनुछैन मलाई अब मिल्न देउ यो शरीर खरानिमा
येसैमा छ मेरो विजय !

रेजिना रिजाल
दमक -४
दमक बहुमुखी क्याम्पस बि बि एस तेस्रो बर्ष

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय