दमक/झापाको लखनपुरमा जारी रहेको प्रथम राष्ट्रिय बालमहोत्सवमा खुकुरी सहित स्टेजमा झगडा देख्दा सबै स्तब्ध भएका थिए । दूइ समुह एकले अर्कालाई पछार्न खोज्ने र अर्को आएर खुकुरी हानेपछि एकजना रक्ताम्मे पनि बने । दूइजना बिभत्स तरिकाले लडेपछि महोत्सवको माहोल नै अलि फरक बन्यो । शसस्त्र प्रहरी गण पाथिभरा गण लखनपुर अगाडि महोत्सवको स्टेजमा नै धारिलो खुकुरी प्रदर्शन हुदा समेत त्यहाँ रहेका शशस्त्र प्रहरी बल पाथिभरा गणका गणपति प्रेमराज पोखरेल पनि चुप लागेर मौन बसेका थिए । सबै त्यो देखेर स्टेजको अघिल्तिर आइरहेका थिए । यहाँ साच्चिकै झगडा नभएर गीति नाटक रहेको थियो । गीति नाटकले सबैलाइ स्तब्ध बनाएको थियो । शुक्रबार महोत्सवको आकर्षण बरिष्ठ हास्यकलाकार मनोज गजुरेल रहेका थिए । उनले पनि यसलाइ गम्भिरताका साथ नियालिरहेका थिए । गजुरेलले एक घण्टाभन्दा बढि आफ्नो प्रस्तुती दिएका थिए । महोत्सवको चौधो दिन उत्साह जनक सहभागिता रहेको महोत्सव मूल आयोजक समितिका सदस्य त्रिलोचन कोइरालाले बताए ।