#

कृषि/सहकारी

१३६ वर्ष पुरानो चिया बगान संकटमा

इलाम । इलामको माई नगरपालिकामा रहेको पुरानो चिया कारखाना जीर्ण बन्दै गएको छ। इलामको दक्षिणी क्षेत्र माई नगरपालिकाको सोक्तिम चिया बगानमा रहेको कारखाना जीर्ण बन्दै गएको हो। सोक्तिममा विसं १९२२ मा चिया रोप्न शुरु गरिएको थियो। विसं १९४० मा चिया प्रशोधन उद्योग स्थापना गरेर हरियो पत्ती प्रशोधन शुरु गरिएको सो कारखाना अहिले खण्डहर बनेको छ।

दमकको द एभरेष्ट सहकारी संस्था बिर्तामोड पनि पुग्यो

दमक/ झापाको दमकमा कतिपय सहकारी संस्थाहरु विवादमा परेको र बचतकर्ताको बचत फिर्ता दिन नसकेको अवस्थामा दमकको द एभरेष्ट सहकारी संस्थाले झापाको प्रमुख ब्यापारीक केन्द्र बिर्तामोडमा आफ्नो सेवा केन्द्र सञ्चालनमा ल्याएको छ । संस्थाका सचिव ज्ञाननाथ पौड्याल ज्ञानुका अनुसार शुक्रबारदेखि बिर्तामोडमा सेवा केन्द्रबाट कारोबार शुरु गरेको छ । सेवा केन्द्रको उद्घाटनमा बिर्तामोड उद्योग बाणिज्य संघका अध्यक्ष

दमकको सर्पोट सहकारीले अनाथ बालबालिकालाइ गर्यो सर्पोट

दमक/झापा दमकस्थित सर्पोट कृषि सहकारी संस्थाले आफ्नो दोस्रो बार्षिकोत्सवको अवसर पारेर दमकस्थित हाम्रो बालश्रममा रहेका बालबालिकाहरुलाइ सहयोग गरेको छ ।   सहकारीका सचिव मुकुन्द आचार्यका अनुसार शुक्रबार एक कार्यक्रमबीच बालबालिकाहरुलाइ शैक्षिक सामाग्रि, ब्याग र खाद्यन्न सहयोग गरिएको हो । सहकारीका अक्ष्यक्ष तुलसी दंगाल सहित पदाधिकारी तथा सञ्चालक सदस्यहरुको उपस्थितिमा कार्यक्रम भएको पनि जनाईएको छ ।

दमकको शितल कृषि सहकारी संस्थाको कारोबार ९ करोड नाघ्यो

दमक/ झापा दमक ५ मा रहेको शितल कृषि सहकारी संस्थाले आफ्नो छैठौ बर्षिक साधरणसभा सम्पन्न गरेको छ । जिल्ला सहकारी संघ झापाका सदस्य प्रेम कोइरालाको प्रमुख आतिथ्यमा र दमक उद्योग बाणिज्य संघका अध्यक्ष गोकुल श्रेष्ठको बिशेष आतिथ्यमा साधरण सभा भएको थियो । अध्यक्ष सुनिल शाहले प्रस्तुत गरेको प्रतिवेदन अनुसार सहकारीको शेयर पुजी १ करोड ४६

गाउँपालिकाको अफर : एक फलफूलको बोट, दश रुपैयाँको नोट !

मुग्लिन– चितवनको एक मात्र गाउँपालिका ईच्छाकामना गाउँपालिकाले फलफूलको बिरुवा हुर्काउने किसानलाई प्रति बिरुवा दश रुपैयाँ दिने भएको छ । गाउँपालिकाले यस आर्थिक वर्ष २०७६/७७ देखि किसानले हुर्काएको फलफूलको प्रति बिरुवा रु दश रुपैयाँ दिने भएको हो । गाउँपालिका अध्यक्ष गीताकुमारी गुरुङले किसानलाई व्यावसायिक कृषितर्फ आकर्षित गर्न “एक फलफूलको बोट रु दशको नोट” कार्यक्रम ल्याइएको बताइन्

दमकमा एक सहकारीको ११ प्रतिशतभन्दा कम ब्याजदरमा ऋण

दमक/ झापा दमक ६ को शब्जि बजार कृषि सहकारी संस्थाले ११ प्रतिशतभन्दा कम ब्याजदरमा विपन्न तथा निम्न बर्गका महिलालाइ ऋण उपलब्ध गराउने भएको छ ।   मंगलवार सहकारीको तेस्रो साधरणसभामा यस्तो जानकारी गराईएको हो । सहकारीका अध्यक्ष विपिन बस्नेतले आफ्नो प्रतिवेदन पेस गर्र्दै प्रतिस्पर्धीसंगै सस्तो ब्याजदरमा कारोबार गर्ने सहकारीको रुपमा उभ्याउने जनाएका थिए ।  

सम्पादक पोखरेललाइ सभ्य समाज कृषि सहकारी जागरण सम्मान एवं पुरुस्कार प्रदान

दमक/ झापाको दमकस्थित सभ्य समाज कृषि सहकारी संस्थाले यो बर्षको सभ्य समाज कृषि सहकारी जागरण सम्मान एवं पुरुस्कार सवाल नेपाल डिजिटल पत्रिकाका सम्पादक, गोरखापत्र दैनिकका पत्रकार विष्णुप्रसाद पोखरेललाइ प्रदान गरेको छ । सहकारीको तेश्रो बार्षिक साधरणसभाको अवसरमा यो सम्मान एवं पुरुस्कार प्रदान गरेको हो । बचत तथा ऋण सहकारी संघ झापाका उपाध्यक्ष तुलाराम न्यौपाने र

दमकको मोडल सहकारीको ८ औ साधरणसभा सम्पन्न, ५ बर्षमा ५ करोड शेयरपुजी बनाउने घोषणा

दमक/दमक ६ स्थित मोडल सहारी संस्थाले चालु आर्थिक बर्षमा शेयरपुजी बढाउने कार्यलाइ प्राथमिकतामा राखेको छ । ८ औ साधरणसभामा अध्यक्ष भोला बरालले सहकारीलाइ दर्बिलो बनाउन शेयर पुजी बृद्धि मुख्य उदेश्य रहेको बताएकाछन् । ५ बर्षभित्रमा ५ करोड शेयर पुजी पुर्याउने उदेश्य अनुरुप काम गरिने बरालले जनाए । दमक नगरपालिका उपप्रमुख गीता अधिकारीको प्रमुख आतिथ्यमा भएको

दमकको पशुपति सहकारीले गर्यो शेयर पुजी २० करोड पुर्याउने लक्ष्य सार्वजनिक

दमक/ झापा दमकमा रहेको पशुपति बहुद्धेशीय सहकारी संस्थाले उल्लेख्यमात्रमा आफ्नो शेयरपुजी तथा कारोबार बढाउदै लगेको पाईएको छ ।   २०७४/७५  मा एक करोड पन्चानब्बे लाख छब्बीसहजार २ सय रुपिया शेयरपुजी रहेको सहकारीले दुइकरोड चौबिसलाख चौहत्तर हजार सातसय पुर्याएको छ ।   आँउदो बर्ष ५ करोड पुर्याउने लक्ष्य रहेको अध्यक्ष खगेन्द्रबहादुर पाण्डेले सार्वजनिक गरे ।  

नेपालमा काजु खेती कहाँ-कहाँ हुन्छ ? यसरी गर्न सकिन्छ काजु खेती !

काठमाडाें : यो आँप जस्तै एनाकार्डिएसि (Anacardiaceae) परिवार अन्तरगत पर्ने विरुवा हो । यस्को वैज्ञानिक नाम एनाकार्डिएम अक्सिडेन्टल (Anacardium occidentale L.) हो । यस्को फलको आकार मुटुको उल्टो आकारसंग मिल्दो भएकोले यसलाई उल्टो मुटो जस्तो फल भनिएको हो । यस्को विरुवा सदावहार प्रकृतिको १०—१२ मिटर सम्म अग्लो हुन्छ । पातहरु ४—२२ सेन्टिमिटर लामो र २—