कृषि/सहकारी

कुखुरामा देखापर्ने असर र भिटामिनको कमि

कतिपय अवस्थामा भिटामिनहरुको कमीले समेत कुखुराहरु रोगीजस्ता देखिन्छन। दानाबाट कुखुरालाई आवश्यक भिटामिन आपूर्ति नहुँदा, कुखुराहरुमा त्यस्को असर देखापर्दछ। त्यसैले समय-समयमा कुखुरालाई परिपुरकका लागि अलग्गै भिटामिनहरु दिनुपर्ने हुन्छ। केही भिटामिनको कमि र त्यसबाट कुखुरामा देखिने लक्षणहरुका बारेमा तल उल्लेख गरिएको छ। भिटामिन ” ए ” को कमि भएमा:- – भिटामिन ” ए ” को कमि भएमा

तरकारी खेती गरी गाउँमै आम्दानी गर्दै युवा

काभ्रेपलाञ्चोकको कोशीपारिस्थित चौरीदेउराली–७ मादनकुँडारीका युवा दवामानसिं लामा यतिबेला बारीमा उत्पादन भएको तरकारी बजारमा बेच्नमा व्यस्त छन्। आफ्नै बारीमा मौसमअनुसारको थरिथरिका तरकारी फलाउँदै आएका उनी हिजोआज बन्दाकोभी बेच्न व्यस्त बनेका हुन् । विगत केही वर्षदेखि तरकारी उत्पादन गर्दै बजारीकरण गरेर आम्दानीको स्रोत पहिल्याउँदै आएका उनले बारीमा बन्दाकोभी, धनियाँ, पालुङ, घ्यूसिमी, काउली, चमसुर, मेथी, लसुन, बोडी र

लगातारको वर्षाले तरकारी खेती सखाप

लगातारको वर्षाले तरकारी बाली गालेपछि महोत्तरीका किसान पिरोलिएका छन् । भर्खरै लगाइएका तरकारीका बेर्ना, उम्रदै गरेका सागसब्जीका बिरुवा र लहरे तरकारी बाली लगातारको वर्षाले गालेर नोक्सान गरेपछि तरकारी खेती गर्ने किसानको पिरोलो बढेको हो । बारीमा रोपिएका कोभी, भाण्टा, खोर्सानी र अरु तरकारीका बेर्ना चोटिलो वर्षाको पानीले सोतर (माटोमा लडाएको) बनाएको छ । त्यसैगरी रायो,

कर्जातर्फ सहकारीको ब्याजदर निर्धारण

रुपा घिमिरे काठमाडौं । सहकारीमा बढ्दै गएको तरलता व्यवस्थापन गर्न र ब्याजदरमा एकरुपता ल्याउने उद्देश्यले कर्जातर्फ ब्याजदरको सीमा निर्धारण गरएको छ । कर्जा र निक्षेप दुवैको ब्याजदर घटिरहेको अवस्थालाई ध्यान दिएर नयाँ व्यवस्था लागू गरिएको हो । कोरोना संक्रमणका कारण पर्न सक्ने वित्तीय संकट समाधान गर्न र ब्याजदरमा एकरुपता ल्याउन कार्तिक १५ गतेदेखि लागू हुने

सहकारीले बढी ब्याज लिन नपाउने, सेवा शुल्क पनि कटौतीे हुँदै

ब्याजदर निर्धारण समितिको आज बस्ने बैठकले सहकारीमा नयाँ ब्याजदर तोक्ने भएको छ । । सहकारी विभागले ब्याजदर तोक्ने र सेवा सुविधा शुल्क पनि बढी लिन नपाइने व्यवस्था गर्ने भएको छ । ब्याजदर निर्धारण र सेवा शुल्क आजै तोकिने सहकारी विभाग स्रोतले जनाएको छ । स्रोतका अनुसार लघुवित्तकै हाराहारीमा ब्याजदर कायम गरिने प्रस्ताव छ । समितिमा

दमकका किसानको गुनासो “धान पसाउने बेलासम्म पनि मल पाइएन”

दमक। झापाको दमकका किसानले स्थानीय सरकारसँग गुनासो गरेका छन् । उनीहरुले धान पसाउने समयसम्म पनि मल नपाएको भन्दै गुनासो गरेका हुन् । स्थानीय तुलसी पुरीले भने, धान पहेँलो भइसक्यो मल छैन् । चुनावको बेलामा हलो जोत्ने नेता अहिले कता गए ? चुनावपछि जनताले सरकारबाट जति आशा गरेका थिए, त्यो पाउन सकेनन् । पुरी त एक

कौसी खेतीबाट मासिक ५० करोडको तरकारी !

पोखरा महानगरपालिका कृषि महाशाखाका प्रमुख मनहर कडरियाले पोखरा महानगरका करिब एक लाख ५० हजार घरमा कौसी खेती गर्दा मासिक रु ५० करोडसम्मको तरकारी फलाउन सकिने बताएका छन् । पोखरा नगरभित्र उत्पादन हुने फोहोरलाई घर/घरमै वर्गीकरण तथा व्यवस्थापन गर्न अभियान सञ्चालन गर्ने तयारी कार्यक्रममा कडरियाले कार्यपत्र प्रस्तुत गर्दै उक्त कुरा बताएका हुन् । महानगरले ‘छुट्याऔं फोहोर,

बादर आ’तंकबाट पीडित किसानहरुलाइ नेपाली इतिहासकै खुसीको खबर : बाँँदर धपाʼउने यन्त्र यसरी काम गर्छ (भिडियो सहित)

कृषि मा लगाएका सबै बालिहरु बन्यजन्तु हरु ले जस्तै , बादर दुम्सि लगाएतले खाइदिएको कारण किसान हरु आत्तिइ रहेको बेला पुतलीबजार नपा ११ हेलु निवासी स्याङ्जा भिरकोट नगरपालिकाका भविश्वर कोइरालाले बाँँदर धपाउने Monkey Air Gun उपाय यूपीभीसी पाइप र कार्बाइडको प्रयोगबाट बनाइएको यन्त्र निर्माण गरेका छन । एकपटक पड्काएपछि बाँदर नै सो क्षेत्रबाट बसाइँ सर्ने

ट्रक अलैँची र चिया मेची पुलमा अलपत्र

काँकडभिट्टा – पूर्वी नाका काँकडभिट्टाबाट भारत निर्यातकाे लागि पठाइएको २० ट्रक नेपाली चिया र अलैँची मेची पुलमा चार दिनदेखि अलपत्र परेकाे छ । मेची भन्सार कार्यालयका प्रमुख ध्रुवकुमार विश्वकर्माका अनुसार भारतीय सीमामा तैनाथ पश्चिम बङ्गाल प्रहरी र अर्धसैन्य बल एसएसबीको अवरोधका कारण नेपाली ट्रक बिहीबारदेखि मेची पुलमै रोकिएका हुन् । रोकिएका ट्रकमा नेपाली कृषि उत्पादन

ईलामका गोदाममा ८० करोडको चिया थन्कियो, बिक्री गर्न समस्या

इलाम : इलामका चिया कारखानाले उत्पादन गरेको चिया बिक्री नहुँदा उद्यमी समस्यामा परेका छन्। किसान र स्थानीय सरकारको दबाबमा कारखाना खोलेका चिया उद्योगले बिक्री गर्न नसक्दा हरियो पत्तीको मूल्य निर्धारण गर्नसमेत सकस परेको छ। इलाममा २० लाख किलो चिया बिक्री हुन बाँकी रहेको केन्द्रीय चिया सहकारी संघका महासचिव रविन राईले जानकारी दिए। इलाममा अहिले मौदात