Tag Archives: #corona negative

प्रधानमन्त्रीका तीन जना सल्लाहकार कोरोनाभाइरसको संक्रमणबाट मुक्त

काठमाडौँ । प्रधानमन्त्री केपी शर्मा ओलीका तीन जना सल्लाहकारको कोरोनाभाइरसको संक्रमणबाट मुक्त भएका छन् । तीनै जनाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको प्रधानमन्त्रीका प्रेस सल्लाहकार सूर्य थापाले जानकारी दिएका हुन् । ‘प्रधानमन्त्रीका मुख्य सल्लाहकार विष्णु रिमाल, परराष्ट्र सल्लाहकार डा. राजन भट्टराई र म प्रेस सल्लाहकार सूर्य थापाको पछिल्लो स्वाब परीक्षणको रिपोर्ट नेगेटिभ आएको छ

कोरोनामुक्त प्रदेश सचिवको आइसोलेसन अनुभव : साथीभाइले समेत फोनबाटै कोरोना सर्छझैं व्यवहार गरे

काठमाडौं- प्रदेश प्रमुख कार्यालय बागमती प्रदेशका सचिव मधुसुदन बुर्लाकोटी साउन ३० गते कोरोना संक्रमित भए। होम आइसोलेसनमा बसेको करिब दुई सातापछि उनी भदौ १० गते संक्रमणमुक्त भएका छन्। पहिलो दिन हल्का शरीर दुखाइबाहेक उनलाई अन्य दिन कुनै पनि लक्षण देखिएन। त्यसैले सावधानी अपनाउँदै होम आइसोलनमा बसे। होम आइसोलेसनमा रहँदा उनले मेडिकल उपचार गरेनन्। विभिन्न जडिबुटीको

विश्वभर डेढ कराेड बढी कोरोनामुक्त भए

काठमाण्डाै – विश्वभर कोरोना भाइरसकाे सङ्क्रमणबाट निको हुनेको सङ्ख्या डेढ करोड नाघेको छ । अहिलेसम्म दुई करोड २५ लाखमा कोरोना पुष्टि भएकोमा एक करोड ५३ लाखभन्दा धेरै उपचारपछि निको भएको वर्ल्डाेमिटरले जनाएको छ । त्यस्तै सङ्क्रमितमध्ये सात लाख ९१ हजारको भने ज्यान गएको छ । वर्ल्डाेमिटरका अनुसार अहिले उपचार गराइरहेका ६४ लाख ८६ हजारमध्ये एक

प्रदेश–१ बाट थप १० जनाले कोरोना भाइरसलाई जिते

विराटनगर, ६ असार । प्रदेश–१ बाट थप १० जनाले कोरोना भाइरसलाई जितेका छन् । कोशी अस्पताल कोभिड–१९ उपचार केन्द्र विराटनगरबाट शुक्रबार १० जना निको भई घर फर्केका हुन् । त्यसरी घर फर्किनेमा खोटाङका तीन, सुनसरीका तीन, उदयपुरका दुई र मोरङ जिल्लाका दुई जना छन् । निको भई घर फर्कनेमा २१ वर्षदेखि ४० वर्ष उमेरका चार

जनकपुरमा कोरोना जितेर थप एक जना डिस्चार्ज

जनकपुर । थप एक जना कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका छन् । महोत्तरी घर भई धनुषाको जनकपुरधाम उप–महानगरपालिकामा बस्दै आएका एक पुस्तक व्यवसायी कोरोना जितेर डिस्चार्ज भएका हुन् । ३५ वर्षीय व्यवसायी विजय चौधरीले १९ दिनपछि कोरोना संक्रमणलाई जितेर डिस्चार्ज भएका हुन् । उनले प्रादेशिक अस्पताल स्थित आइसोलेशन कक्षमा भर्ना भएदेखि नै व्यवस्थापन देखि खानपानमा

कोरोनाबाट मृत्यु भएकी महिलाकाे शिशुसहित परिवारकाे रिपोर्ट नेगेटिभ

काभ्रे — कोरोना संक्रमणका कारण मृत्यु भएकी २९ वर्षीया सुत्केरी महिलाको १३ दिने शिशु र परिवारका अन्य सदस्यको पीसीआर रिपोर्ट नेगेटिभ आएको छ । मृतक सिन्धुपाल्चोक–९ की २९ वर्षीया महिलामा कोरोना संक्रमण पुष्टि भएपछि शिशुसहित मृतकको श्रीमान, माइतीतर्फको आमा र बहिनीको पनि नमुना संकलन भएको थियो । सिन्धुपाल्चोकको बाह्रबिसे नगरपालिका–९ राम्चे चालिसेगाउँमा आइतबार स्वाब संकलन