काठमाडाैं । दौरासुरुवाल र कोटमा सजिएर मनोनयन गर्न पुगेका पूर्वडीआईजी नवराज सिलवाल बिहीबार अपराह्न साढे २ बजे निर्वाचन कार्यालय ललितपुर पुग्दा उनलाई सुरक्षार्थ खटिएका प्रहरीले ‘स्यालुट’ ठोके । हात उठाएर प्रहरी हाकिमकै शैलीमा ‘स्यालुट’ फिर्ता गर्दै उच्च अधिकारीसँग हात मिलाए । निर्वाचन कार्यालयको मूल गेटबाट भित्र छिर्नेबित्तिकै उनलाई अन्य प्रहरीले पनि ‘स्यालुट’ ठोके तर उनले हात उठाएर अभिवादन गर्दै व्यंग्यामक शैलीमा भने  ‘मसँग हात मिलाउँदा फेरि सरुवा होला नि ।’

आजको राजधानी दैनिकमा खबर छ-प्रहरी प्रमुख बन्न अदालतको ढोका ढकढक्याउँदा सफल नभएपछि राजीनामा दिएर नेकपा एमालेको सक्रिय राजनीतिमा होमिएका सिलवालले ललितपुर–१ बाट प्रतिनिसभातर्फ उम्मेदवारी मनोनयन दर्ता गरेका छन् ।

उम्मेद्वारी दिन गएका नवराज सिलवालले हात मिलाउने प्रहरीलाई भने-फेरि सरुवा होला नि !

सिलवाललाई ‘स्यालुट’ गरेकै कारण उनको निर्वाचन क्षेत्रअन्तर्गत पर्ने महानगरीय प्रहरी वृत्त चापागाउँका डीएसपी आभूषण तिमल्सिनाको सरुवा भएको एमाले वृत्तमा चर्चा छ । एमाले वृत्तमा यो चर्चासँगै मनोनयनका क्रममा उनले प्रहरी अधिकारीमार्फत व्यंग्य गर्दै सरुवाको प्रसंग निकाले ।

तथापि सुरक्षा निकाय र प्रतिस्पर्धी दल कांग्रेस भने सिलवालका कारण तिमल्सिनाको सरुवा नभई प्रक्रियागत सरुवा भएको बताइरहेका छन् ।

सिलवालले आफूमाथि राज्यले अन्याय गरेकाले जनताबाट न्याय पाउन चुनावी मैदानमा उत्रिएको प्रतिक्रिया दिए ।

उनको प्रतिस्पर्धा कांग्रेसका युवा नेता तथा अर्थराज्यमन्त्री उदयशमशेर जबरासँग हुँदै छ । सिलवालसँगै मनोनयनका लागि निर्वाचन कार्यालय पुग्दा सिलवालले बस्ने कुर्सी पाए तर राज्यमन्त्री राणाले पाएनन् । उनी मनोनयनका लागि आफ्नो पालो नआउन्जेल उभिए । सिलवाललाई भने बस्ने कुर्सीको व्यवस्था थियो ।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah