पेरिस– फ्रेन्च च्याम्पियन पेरिस सेन्ट जर्मेन (पिएसजी) का ब्राजिलियन फरवार्ड नेइमार घाइते भएका छन्। पिएसजीका प्रशिक्षक थोमस टुचेलले गोलीगाँठोमा चोट लागेका नेइमार चिन्तित भएका छन्।

नेइमार बुधबार फ्रेन्च कपअन्तर्गत स्टार्सवर्गविरुद्धको खेलमा घाइते भएका हुन्। जसका कारण उनले ३ सातापछि पछि हुने च्याम्पियन्स लिगअन्तर्गत म्यानचेस्टर युनाइटेडविरुद्धको खेल गुमाउन सक्ने खतरा बढेको छ।

खेलको ६० मिनेटमा गोलीगाँठोमा समस्या देखिएपछि नेइमार मैदानमा ढलेका थिए।

पिएसजीले १२ फेब्रुअरीमा म्यानचेस्टर युनाइटेडको घरेलु मैदानमा च्याम्पियन्स लिगको अन्तिम १६ को पहिलो लेग खेल्दैछ।

‘नेइमार चिन्तित छन्। किनकी उनको पहिला अप्रेशन गरिएको स्थानमै चोट लागेको छ,’ प्रशिक्षक टुचेलले भने।

स्पेनिस क्लब बार्सिलोनाका पूर्व फरवार्ड नेइमारले यो सिजनमा २० गोल गरिसकेका छन्।

नेइमारको अघिल्लो फेब्रुअरीमा पनि गोलीगाँठोमा समस्या लागेको थियो। जसका कारण उनले सिजनका सबै खेल गुमाएका थिए। उनी जुनमा भएको विश्वकपमा मात्र खेलमा फर्किएका थिए।

प्रतिक्रिया

सम्बन्धित खवर

ताजा समाचार

लोकप्रिय

mimislot
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor
slot gacor amanah